Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थ व्यवसाय

    सानिमा लाइफ इन्स्योरेन्सको सेयर खुल्यो

    सानिमा लाइफ इन्स्योरेन्सको सेयर खुल्यो


    • बुधवार, श्रावण २० २०७८

    • नेपाल वाइड


    सानिमा लाइफ इन्स्योरेन्सको सेयर खुल्यो
    प्रतिकात्मक तस्बिर

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । 

    कुल सार्वजनिक निष्कासनमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता नै सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ । बाँकी रहेको  ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

    कम्पनी अधिकृत पुँजी २ अर्बको ३० प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । हाल १ अर्ब ४० करोड पुँजी रहेको कम्पनीको आईपीओ पछि चुक्ता पुँजी २ अर्ब  पुग्नेछ ।
     
    कम्पनीको आईपीओ न्यूनतम १० कित्ता र बढीमा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । उक्त आईपीओमा छिटोमा साउन २४ गते र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । 

    कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

    आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘केयर एनपी त्रिपल बि’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ । 

    सम्बन्धित समाचार