Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति दिने सरकारको तयारी

    कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति दिने सरकारको तयारी


    • मंगलवार, श्रावण १९ २०७८

    • नेपाल वाइड


    कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति दिने सरकारको तयारी
    फायल तस्बिर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादु्र देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई यस्तो निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न आज ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिनुभएको छ ।”

    पूर्वकार्यकारी निर्देशक घिसिङलाई केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले उक्त पदमा दोहोर्‍याउन अस्वीकार गरी हितेन्द्रदेव शाक्यलाई कामु तोकेको थियो । उनलाई नै पछि ओली सरकारले कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।

    शाक्यसँग आजै राजीनमा माग गरी घिसिङलाई नियुक्ति दिने तयारी गरिएको हो । घिसिङको नियुक्तिपछि विद्युत् प्राधिकरण नाफामा जाने अपेक्षा गरेको जनाएको छ ।

    सम्बन्धित समाचार