Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङमा साउन २५ र २६ गते जनसन खोप शिबिर

    खोटाङमा साउन २५ र २६ गते जनसन खोप शिबिर


    • मंगलवार, श्रावण १९ २०७८

    • नेपाल वाइड


    खोटाङमा साउन २५ र २६ गते जनसन खोप शिबिर
    फायल तस्बिर

    खोटाङ । साउन १९, खोटाङमा कोभिड–१९ विरुद्ध जनसन खोप अभियान सञ्चालनको तयारी गरिएको छ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका १० वटै स्थानीय तहमा साउन २५ र २६ गते जनसेन खोप अभियान सञ्चालनको तयारी गरिएको हो ।

    कोभिड–१९ विरुद्ध खोप लगाउन बाँकी ५० वर्षदेखि ५४ वर्ष उमेर समुहका नागरिकलाई जनसेन खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पूण्यप्रसाद सिग्देलले बताए ।

    जनसेन खोप एक डोज लगाएपछि अर्को डोज लगाउन नपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । खोप केन्द्र बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छ ।

    हालसम्म जिल्लामा दुई डोजको कोभिसिल्ड र भेरोशिल्ड खोप अभियान सञ्चालन भइरहेको अवस्थामा एक डोजले पुग्ने जनसेन खोप दिने तयारी गरिएको हो ।

    स्वास्थ्य सेवा विभाग टेकुको असार २८ गतेको पत्रअनुसार १० वटै स्थानीय तह अन्तरगतको स्वास्थ्य संस्थामा रहेको संस्थागत खोप केन्द्रबाट जनसेन खोप अभियान सञ्चालनको तयारी गरिएको छ ।

    स्वास्थ्य कार्यालयले एक खोप केन्द्रमा एक जना खोप कार्यकर्ता र २ जना स्वयंसेवक परिचालन गरी खोप अभियान सञ्चालन गर्न/गराउन स्थानीय तहलाई आग्रह गरेको छ ।

    सम्बन्धित समाचार