Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खोटाङ्गमा बिप्लवको गोप्य बैठक :

    विप्लव अझै गोप्य र अनकण्टार ठाउँ खोज्दै

    विप्लव अझै गोप्य र अनकण्टार ठाउँ खोज्दै


    • आइतवार, श्रावण १७ २०७८

    • नेपाल वाइड


    विप्लव अझै गोप्य र अनकण्टार ठाउँ खोज्दै
    फायल तस्बिर

    काठमाण्डौ । नेकपा माओवादी विप्लव समूहले अझै पनि आफ्ना कार्यक्रम गोप्य ठाउँमा गर्दै आएको छ । उसले खोटाङ्ग जिल्ला कमिटीको बैठक जिल्लाको अनकण्टार ठाउँ निर्मली डाँडामा बोलाएको छ । बैठक गोप्य रुपमा आयोजना गरिएको बताइन्छ ।

    विप्लव माओवादीको जिल्ला कमिटी बैठक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९, निर्मलीडाँडामा बसेको हो । शुक्रबार दिउँसो बसेको बैठक साँझ सकिएको बताइन्छ ।

    ५ घण्टा लामो बैठकमा सगरमाथा इञ्चार्ज चन्द्रबहादुर बुढाथोकी (शैलेस), जिल्ला इञ्चार्ज जीवन राई,जिल्ला सेक्रेटरी सञ्जिव मगर, जगवीर राई (जनपरिषद् प्रमुख तथा खोटाङ आथिक विभाग प्रमुख) चक्रबहादुर खत्री (सुदिप शर्मा),रविन राई (क्षेत्र नम्बर २ कमिटी सदस्य) खगेन्द्र राई (जिल्ला कमिटी सदस्य खोटाङ विद्यार्थी संघ इञ्चार्ज) लगायत डेढ दर्जनभन्दा बढी जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सहभागिता थियो । बैठकले पारित गरेको निर्णय भने हालसम्म सार्वजनिक नगरी गोप्य राखिएको छ । जनआस्था 

    सम्बन्धित समाचार