Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    मध्यपहाडी लोकमार्ग :

    दिक्तेल–चखेवाभञ्ज्याङ कालोपत्रेको काम सुस्त, कसैको पर्दैन नजर

    दिक्तेल–चखेवाभञ्ज्याङ कालोपत्रेको काम सुस्त, कसैको पर्दैन नजर


    • शुक्रवार, श्रावण १५ २०७८

    • नेपाल वाइड


    दिक्तेल–चखेवाभञ्ज्याङ कालोपत्रेको काम सुस्त, कसैको पर्दैन नजर
    निर्माणाधिन मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड ।

    खोटाङ । साउन १५, खोटाङमा पुष्पलाल मध्यपहाडी लोकमार्ग कालोपत्रेको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–दिक्तेल (४६ किलोमिटर) सडकको विभिन्न खण्डको कालोपत्रेको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको हो ।

    चखेवाभञ्ज्याङ–दिक्तेल सडकको पाँच प्याकेज मध्ये भरतमैनाचुली सिद्धिसाई जेभीले ठेक्का लिएको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर)को काम अन्य प्याकेजको तुलनामा सबैभन्दा बढी सुस्त देखिएको छ ।

    पटक–पटक म्याद गुज्रिदा चखेवाभञ्ज्याङ–सेखुवाको काम हालसम्म करिब ३५ प्रतिशत मात्र पुरा भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय धुलीखेलका ईन्जिनियर बिश्व बिजयलाल श्रेष्ठले बताउनुभयो ।

    चखेवाभञ्ज्याङ–सेखुवामा हालसम्म करिब ५ किलोमिटर खण्डमा सव–बेसको काम मात्र भएको छ । विभिन्न पाँच खण्डमा बिभाजन गरेर २०७२ साल चैतदेखि चखेवाभञ्ज्याङ–दिक्तेल सडकको विभिन्न खण्डमा कालोपत्रेका विभिन्न चरणका काम थालिएको थियो ।

    चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डको पाँच खण्डमध्ये (सेखुवा–दिक्तेल ३६ किलोमिटर) कालोपत्रेको काम भने रमन–गोल्डेन गुड जेभीले गरिरहेको छ । सो खण्डको कालोपत्रेको कामको प्रगती पनि सन्तोषजनक छैन । कार्यालयका अनुसार सेखुवा–दिक्तेल अन्तरगत कालिखोला–दिक्तेल खण्डको कालोपत्रे सम्पन्न भइसकेको छ ।

    यस्तै, दारुला–माम्खा (कालीखोला) र पेलुङ–दारुला खण्डको काम पनि करिब सम्पन्न भइसकेको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय धुलीखेलका ईन्जिनियर श्रेष्ठले बताउनुभयो ।

    रमन–गोल्डेन गुडको जिम्मामा रहेको पहिलो प्याकेज सेखुवा–पेलुङ (१० किलोमिटर) सडकमा हालसम्म करिब ९२ प्रतिशत काम सम्पन्न भएको छ ।

    दोश्रो प्याकेज पेलुङ–दारुला (८ किलोमिटर) र तेश्रो प्याकेज दारुला–कालीखोला (९ किलोमिटर) खण्डको कालोपत्रेको काम ९८/९८ प्रतिशत सकिएको छ । चौथो प्याकेज कालिखोला–दिक्तेल (९ किलोमिटर) खण्डमा पिचको काम भने सम्पन्न भइसकेको रमन–गोल्डेन गुड जेभीका साइड ईन्चार्ज आङसाङ्गे शेर्पाले बताउनुभयो ।

     

    सम्बन्धित समाचार