Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कृषि

    बाख्रा र तरकारी जोन कार्यक्रमका लागि क्षेत्र निर्धारण

    बाख्रा र तरकारी जोन कार्यक्रमका लागि क्षेत्र निर्धारण


    • बुधवार, श्रावण १३ २०७८

    • नेपाल वाइड


    बाख्रा र तरकारी जोन कार्यक्रमका लागि क्षेत्र निर्धारण
    प्रतिकात्मक तस्बिर

    खोटाङ । साउन १३, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईको कार्यालय खोटाङले बाख्रा तथा तरकारी जोन कार्यक्रमका लागि क्षेत्र निर्धारण गरेको छ । जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समिति अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० स्थानीय तहका २० वडालाई बाख्रा र १९ वडालाई तरकारी जोनको क्षेत्र निर्धारण गरेर सिफारिस गर्ने निर्णय गरेको छ ।

    परियोजना कार्यान्वयन म्यानुअल २०७७ को परिच्छेद ३ को ३.३ (ख)मा व्यवस्था भए बमोजिम जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिले बाख्रा जोन कार्यक्रमका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँँडा, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–४ मंगलटार, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, साकेला गाउँपालिका–५ मात्तिम, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ ओख्रे र दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेलाई क्षेत्र निर्धारण गर्ने निर्णय गरेको छ ।

    यस्तै, रावाबेँसी गाउँपालिका–३ लामीडाँडा, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी, जन्तेढुंगा गाउँपालिका–१ देविस्थान, जन्तेढुंगा गाउँपालिका–बोपुङ, बराहपोखरी गाउँपालिका–१ बराहपोखरी, बराहपोखरी गाउँपालिका–५ पौवासेरा, केपिलासगढी गाउँपालिका–३ बासपानी, खोटेहाङ गाउँपालिका–७ खोटाङबजार, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेलाई बाख्रा जोन कार्यक्रम सञ्चालनका लागि सिफारिस गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईले जनाएको छ ।

    तरकारी जोन कार्यक्रमका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानलाई सिफारिस गरिएको छ ।

    यस्तै, साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा, साकेला गाउँपालिका–२ रतन्छा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा, रावाबेँसी गाउँपालिका–१ कुभिन्डे, जन्तेढुंगा गाउँपालिका–५ चिसापानी, बराहपोखरी गाउँपालिका–फाक्टाङ, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर, खोटेहाङ गाउँपालिका–४ बड्कादियाले र ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कलाई पनि तरकारी जोन कार्यक्रमका लागि क्षेत्र छनौट गरेर सिफारिस गरिएको कार्यालयले जनाएको छ ।

    बैठकले बाख्रा तथा तरकारी जोन कार्यक्रम स्वीकृतिका लागि प्रदेश नम्बर १ अन्तरगत रहेको प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समिति तथा परियोजना व्यवस्थापन एकाई, खुमलटारमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालय पठाउने निर्णय गरेको हो ।

    कृषि तथा पशुपन्छी मन्त्रालयबाट स्विकृत भए पश्चात छनौट भएका वडामा बाख्रा तथा तरकारी जोन कार्यक्रम सञ्चालन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईको कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार