मंगलवार, श्रावण १२ २०७८
नेपाल वाइड
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिष्दको बैठकले तीन प्रदेश प्रमुख हटाउने तयारी गरेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश नम्बर–२ का प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि मन्त्रिपरिषद्को बैठक बसेको बताइएको छ ।
गण्डकीकी सीता पौडेल, लुम्बिनीका धर्मनाथ प्रसाद यादव र प्रदेश–२ का राजेश झा अहिराजलाई हटाउने तयारी गरिएको छ । त्यसमध्ये पौडेल र अहिराजको ठाउँमा अमिक शेरचन र तिलक परियारलाई नियुक्त गर्ने तयारी भएको छ । माओवादी केन्द्रले यी दुई जनाको नाम सरकारलाई सिफारिस गरिसकेको छ । तर, लुम्बिनी प्रदेशको प्रदेश प्रमुख कसलाई बनाउने भन्ने अझै सार्वजनिक भइसकेको छैन ।