Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    जसपा विवाद : ‘हेड काउन्ट’ गरी आधिकारिकता टुंग्याउँन सुरु

    जसपा विवाद : ‘हेड काउन्ट’ गरी आधिकारिकता टुंग्याउँन सुरु


    • सोमवार, श्रावण ११ २०७८

    • नेपाल वाइड


    जसपा विवाद : ‘हेड काउन्ट’ गरी आधिकारिकता टुंग्याउँन सुरु

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगमा सनाखत सुरु भएको छ । निर्वाचन आयोगले जसपा एकता बखतकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिँदै सनाखतका लागि ५१ सदस्यलाई शशरिर आयोगमा बोलाएको थियो ।

    आयोगमा साउन ३ गतेदेखि आधिकारिकता सम्बन्धी बहस भएको थियो। बहसपछि आयोगले बिहीबार यस्तो निर्णय गरेको थियो । निर्वाचन आयोगले जसपाको आधिकारिकता निरुपण गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा इजलास गठन गरेको थियो । 

    अध्यक्ष उपेन्द्र यादव पक्षले एकताताकाकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने माग गरेको थियो भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पुनर्गठन गरिएको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने माग गरेको थियो ।

    ठाकुर पक्षले आफूनिकट नेतालाई कार्यकारिणी समितिमा मनोनीत गर्दै आफूसँग बहुमत रहेको दाबी आयोगमा गरेको थियो । सनाखतपछि आजै आयोगको निर्णय आउन सक्ने आयोग प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

    सम्बन्धित समाचार