Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    बजेट

    नगरप्रमुख र उपप्रमुखको विवादले बजेटसहित सेवा प्रवाहका काम प्रभावित

    नगरप्रमुख र उपप्रमुखको विवादले बजेटसहित सेवा प्रवाहका काम प्रभावित


    • शुक्रवार, श्रावण ८ २०७८

    • नेपाल वाइड


    नगरप्रमुख र उपप्रमुखको विवादले बजेटसहित सेवा प्रवाहका काम  प्रभावित
    सांकेतिक तस्बिर

    जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादले बजेटले पूर्णता पाउन सकेको छैन । नगरपालिको बजेटसहित सेवा प्रवाहका काम पनि प्रभावित भएका छन् ।

    नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपानेबीचको विवादका कारण आर्थिक वर्ष २०७८/७९ को बजेटसमेत आउन नसकेको जनाइएको छ । नगरप्रमुख सेजुवालले बहुमतले गत असार ३१ गते बजेट पारित गरिएको बताए ।

    नगर उपप्रमुख न्यौपानेले नगरपालिको बजेट पारित नभएको जानकारी दिए । वैधानिकरूपमा बजेटमा हुने छलफल हुन सकिरहेको अवस्था नरहेको कर्मचारी बताउँछन् ।

    प्रमुख र उपप्रमुखको विवाद थेग्न नसक्दा नगरपालिकाका कर्मचारीलाई समेत काम गर्न कठिन भएको बताइएको छ । नगरपालिकाको राजश्व शाखामा राजश्व बुझाउन आएका सेवाग्राही पनि कठिन भएको बताउँछन् । राजश्व परामर्श समितिको बैठक नबस्दा राजश्व उठाउन समेत कठिन भएको जनाइएको छ ।

    आन्तरिक विवादका कारण नगरपालिकाले पछिल्लो तीन वर्षमा सार्वजनिक सुनुवाइसमेत गर्न सकेको छैन । नगरवासी नगरपालिकाले गरेका कामको जानकारी नभएको भन्दै आक्रोशित हुँदै आएका छन् ।

    सम्बन्धित समाचार