Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    विभिन्न पार्टी परित्याग गरी ४५ जना नेता तथा कार्यकर्ता माओबादी केन्द्रमा प्रवेश

    विभिन्न पार्टी परित्याग गरी ४५ जना नेता तथा कार्यकर्ता माओबादी केन्द्रमा प्रवेश


    • सोमवार, श्रावण ४ २०७८

    • नेपाल वाइड


    विभिन्न पार्टी परित्याग गरी ४५ जना नेता तथा कार्यकर्ता माओबादी केन्द्रमा प्रवेश
    खोटाङको साकेलास्थित मात्तिम मानेभञ्ज्याङमा माओबादी केन्द्रद्धारा सोमबार आयोजित कार्यक्रममा उपश्थित नेताकार्यकर्ता ।

    खोटाङ । साउन ४, खोटाङको साकेला गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ४५ जना नेता तथा कार्यकर्ता नेकपा (माओबादी केन्द्र) प्रवेश गरेका छन् । कांग्रेस, एमाले र जनता समाजवादी पार्टी परित्याग गरी ४५ जना जिल्लास्तरका नेता तथा कार्यकर्ता नेकपा (माओबादी केन्द्र) प्रवेश गरेका हुन् ।

    साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङमा सोमबार आयोजित कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य भरत बस्नेत, जसपाका जिल्ला कमिटि सदस्य सन्तराज राई, एमालेका साकेला गाउँपालिका–३ खिदिमा वडा कमिटि अध्यक्ष शिव खत्री, एमालेका पालिका सदस्य जुरनसिं तामाङ, कांग्रेस साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा वडा समिति सदस्य गणेश बस्नेत, जसपाका साकेला गाउँपालिका–५ मात्तिमका वडाध्यक्षका उम्मेद्वार मोतिकर्ण राईलगायत नेकपा (माओबादी केन्द्र) प्रवेश गरेका हुन् ।

    नवप्रवेसीलाई नेकपा (माओबादी केन्द्र)का प्रदेश सल्लाहकार तथा पुर्व जिबिस उपसभापति बाबुराम राई, जिल्ला सचिवालय सदस्य तथा साकेला गाउपालिका अध्यक्ष अर्जुन खड्का, जिल्ला सचिवालय सदस्य बिर्सिका राई लगायतले स्वागत गरेका छन् ।

    नेकपा (माओबादी केन्द्र) साकेला गाउपालिका कमिटी अध्यक्ष मोहन खत्रीको सभापतित्वमा भएको कार्यक्रममा माओबादी केन्द्रका जिल्ला कमिटि सदस्य, नवीन राई, मिलन चाहार, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य पर्बत राई लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार