Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    प्रधानमन्त्री देउवाद्वारा विश्वासको मत दिन सांसदहरुलाई आह्वान

    प्रधानमन्त्री देउवाद्वारा विश्वासको मत दिन सांसदहरुलाई आह्वान


    • आइतवार, श्रावण ३ २०७८

    • नेपाल वाइड


    प्रधानमन्त्री देउवाद्वारा विश्वासको मत दिन सांसदहरुलाई आह्वान
    फायल तस्बिर

    काठमाडौँ । प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरुलाई विश्वासको मत दिन आह्वान गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले विश्वासको मत दिन सांसदहरुलाई आह्वान गरेका हुन् । उनले सर्वोच्च अदालतको फैसलाले मुलुकमा लोकतन्त्र पुनर्स्थापित भएको बताए ।

    राजनीतिक र संवैधानिक जटिलता अन्त्य गर्दै संविधानको धारा ७६(५) बमोजिम आफू प्रधानमन्त्री नियुक्त भएको प्रधानमन्त्री देउवाको भनाइ थियो । कोरोना महामारीका कारण मुलुक गम्भीर अवस्थामा रहेको बताउँदै उनले कोभिडबाट हरेक नेपाली नागरिकलाई बचाउनु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे ।

    कोभिड महामारीलाई लोकतन्त्रको चुनौतीका रुपमा ब्याख्या गर्दै प्रधानमन्त्री देउवाले साझा सहकार्यका लागि दलहरुलाई आह्वान गरे । अहिले प्रधानमन्त्री देउवाको सो प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल जारी छ ।

    सम्बन्धित समाचार