Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    सर्वोच्च अदालतको फैसलाको भण्डाफोर गर्ने एमालेको निर्णय

    सर्वोच्च अदालतको फैसलाको भण्डाफोर गर्ने एमालेको निर्णय


    • शुक्रवार, श्रावण १ २०७८

    • नेपाल वाइड


    सर्वोच्च अदालतको फैसलाको भण्डाफोर गर्ने एमालेको निर्णय
    फायल तस्बिर

    काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतले संविधानको धारा–उपधाराको अपव्याख्या गरेर मूलुकलाई निर्दलीय व्यवस्थातर्फ अग्रसर गराउने गरी फैसला गरेको निष्कर्ष निकालेको छ । आज बसेको संसदीय दलको बैठकले अदालतको फैसलाप्रति आपत्ति जनाउँदै जनताकाबीचमा भण्डाफोर गर्ने निष्कर्ष निकाले सांसद् विशाल भट्टाईले बताए ।

    “आजसम्म दुनियाँमा कही पनि अदालतले प्रधानमन्त्री तोक्ने काम गरेको थिएन । सायद भविष्यमा पनि नगर्ला । कम्तिमा संसद् पुनःस्थापना भएको भए पनि संसद् विघटन बेठिक थियो भन्ने पुष्टि हुँदा त्यसलाई हामी सहर्ष रुपमा स्वीकाथ्र्यौं । तर, एउटा दलबाट निर्वाचित भएर अर्को दलमा हस्ताक्षर गर्न जाने कुरालाई पनि नैतिक ठहर्याउने प्रवृत्ति दलीय व्यवस्थाको विरुद्धमा छ,” उनले भने । त्यसैले शासकीय प्रणाली र शासकीय व्यवस्थामाथि भएको प्रहारलाई जनताकाबीचमा अभियानस्वरुप पुर्याउने भट्टराईले बताए ।

    सम्बन्धित समाचार