Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    नगरसभा :

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘अवण्डा’ राख्न प्रस्ताव गरिएको बजेट ‘ब्रेकडाउन’

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘अवण्डा’ राख्न प्रस्ताव गरिएको बजेट ‘ब्रेकडाउन’

    प्रस्ताव गरिएको ४ करोड ३१ लाख वजेटलाई ब्रेक डाउन गरेर नगरसभाबाट पारित

    • आइतवार, आषाढ २७ २०७८

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘अवण्डा’ राख्न प्रस्ताव गरिएको बजेट ‘ब्रेकडाउन’
    नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल ।

    खोटाङ । असार २७, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘अवण्डा’ राख्न प्रस्ताव गरिएको बजेट ‘ब्रेकडाउन’ गरिएको छ । नगरपालिकामा आर्थिक वर्ष २०७८/०८९ का लागि शिर्षक नतोकी एकमुष्ट विनियोजन गर्न प्रस्ताव गरिएको ४ करोड ३१ लाख वजेटलाई ब्रेक डाउन गरेर नगरसभाबाट पारित गरिएको छ ।

    अवण्डा राख्न प्रस्ताव गरिएको सो बजेटलाई सामाजिक विकास समितिमा ३५ प्रतिशत, भौतिक पुर्वाधार समितिमा ३० प्रतिशत, आर्थिक विकास समितिमा २० प्रतिशत र कार्यालय सञ्चालन, सुशासन र अन्तर सम्वन्धित क्षेत्रमा १५ प्रतिशत खर्च गर्नेगरी शनिबारको नगरसभाले पारित गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए ।

    १५ वडा रहेको नगरपालिकाका मेयर दिपनारायण रिजालले योजनाको नाम, प्रस्तावित वजेट र सञ्चालन हुने स्थान नतोकी एकमुष्ट बजेट पास गर्न प्रस्ताव गरेको भन्दै ९ वडाध्यक्ष र २ कार्यपालिका सदस्य बिरोधमा उत्रिएका थिए ।

    नगरसभाको तयारीका लागि असार ८ गते बोलाइएको कार्यपालिका बैठकमा अवण्डा बजेट राख्ने प्रस्ताव आएपछि कांग्रेस, माओबादी केन्द्र, जसपा र राप्रपाबाट निर्वाचित वडाध्यक्ष एबं कार्यपालिका सदस्यले सोही दिन संयुक्त विज्ञाप्ती जारी गर्दै असहमती जनाएका थिए ।

    कार्यपालिकाबाट निर्णय गरेर खर्च गर्नुपर्ने व्यवस्था भए पनि मेयर रिजालले आफुखुसी बाँड्ने मनसायले रकम अबण्डा राख्न खोजेको असन्तुष्ट वडाध्यक्षको बुझाई छ । एकमुष्ट बजेट राख्ने/नराख्ने विषयमा लफ्याङका वडाध्यक्ष राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लिला चौहानबीच कुर्सी नै तोडफोडको अवस्था सिर्जना भएको थियो ।

    अवण्डा बजेट राख्ने प्रस्ताव आएपछि असार १० गतेको नगरसभा उद्घाटन अगाडि कांग्रेस, माओबादी केन्द्र, जसपा र राप्रपाबाट निर्वाचित वडाध्यक्षको बैठकले अवण्डा बजेटलाई ब्रेकडाउन गर्ने र वडाको सिलिङ बढाउन संयुक्त माग लैजाने निर्णय गरेका थिए ।

    सोही माग पुरा गर्नका लागि वडाध्यक्षको गठबन्धनको संयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष बिकास राईलाई बनाइएको थियो । त्यस लगत्तैको वार्ताका क्रममा बजेटलाई विषयगत समितिमार्फत ब्रेकडाउन गरेर विनियोजन गर्ने सहमतीपछि नगरसभामा प्रस्ताव पेश गरिएको थियो । आफ्नो माग सम्बोधन नभए नगरसभा असफल बनाउनेसम्मको रणनिती सहित असन्तुष्ट वडाध्यक्षले गठबन्धन बनाएका थिए ।

    गत वर्ष भने एमाले र माओबादी केन्द्र मिलेर बनेको नेकपा रहेको अवस्थामा अवण्डा बजेट राख्ने प्रस्ताव पारित भएको जनाइएको छ । गत वर्ष कांग्रेस, जसपा र राप्रपाका वडाध्यक्षले दर्ज गरेको असहमतीलाई बेवास्ता गरिएको उनीहरु बताउँछन् । यसपल्ट भने नेकपा विभाजनको अशर नगरपालिकामा पनि प्रतिविम्बित भएको हो ।

    सम्बन्धित समाचार