Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेविसंघका उपाध्यक्ष राई शिक्षा नीति सुझाव संकलन कार्यदलको प्रदेश सदस्य मनोनयन

    नेविसंघका उपाध्यक्ष राई शिक्षा नीति सुझाव संकलन कार्यदलको प्रदेश सदस्य मनोनयन


    • आइतवार, आषाढ २७ २०७८

    • नेपाल वाइड


    नेविसंघका उपाध्यक्ष राई शिक्षा नीति सुझाव संकलन कार्यदलको प्रदेश सदस्य मनोनयन
    मनोनयनमा परेका नेपाल विद्यार्थी संघका युवा नेताहरुलगायत ।

    खोटाङ । असार २७, नेपाल विद्यार्थी संघ खोटाङका उपाध्यक्ष नइन्द्र राई नेपाली कांग्रेसको राष्ट्रिय शिक्षा नीतिको प्रारम्भिक मस्यौदा सुझाव संकलन कार्यदलको प्रदेश सदस्यमा मनोनयन भएका छन् ।

    विपि युवा नेतृत्व विकास मञ्च खोटाङको अध्यक्ष रहेका राईलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम गठित शिक्षा विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिको प्रारम्भिक मस्यौदामाथि छलफल गर्दै सुझाव संकलनका लागि बनेको कार्यदलको प्रदेश नम्बर १ को सदस्यमा मनोनयन गरेको हो ।

    कांग्रेस शिक्षा विभागको २०७७ साल फागुन २८ गतेको निर्णय बमोजिम राईलाई सुझाव संकलन कार्यदलको प्रदेश सदस्य मनोनयन गरिएको कार्यदलका प्रमुख हरिप्रसाद नेपालद्धारा प्रेसित पत्रमा जनाइएको छ ।

    यस्तै, नेपाल विद्यार्थी संघ खोटाङकी उपाध्यक्ष गोमा राई नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको प्रदेश सदस्यमा मनोनयन भएकी छन् । नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको निर्णय अनुसार राईलाई प्रदेश १ को सदस्यमा मनोनयन गरिएको हो ।

    गोमा प्रजातान्त्रिक महांसघ प्रदेश १ को सदस्य समेत हुन् । कांग्रेस केन्द्रीय तरुण विभागको प्रदेश सदस्यमा सिजन राई, उमेश राई र देवी राईलाई समेत मनोनयन गरिएको कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विधाग प्रमुख शंकर भण्डारीले पठाएको मनोनयन पत्रमा उल्लेख छ ।

    सम्बन्धित समाचार