Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    उर्जा

    दुधकोसी जलबिद्युत आयोजनाका लागि जग्गा अधिग्रहणको काम सुरु

    दुधकोसी जलबिद्युत आयोजनाका लागि जग्गा अधिग्रहणको काम सुरु


    • शनिवार, आषाढ २६ २०७८

    • नेपाल वाइड


    दुधकोसी जलबिद्युत आयोजनाका लागि जग्गा अधिग्रहणको काम सुरु
    बहुचर्चित दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माणस्थल ।

    खोटाङ । असार २६, जिल्ला प्रशासन कार्यालय खोटाङले ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति (अधिग्रहण)को काम थालेको छ ।

    खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलबिद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गामध्ये खोटाङको रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाभित्र पर्ने जग्गा प्राप्तिको प्रकृया सुरु गरेको हो ।

    बहुचर्चित जलबिद्युत आयोजनाबाट डुवानमा पर्ने रावाबेँसी गाउँपालिकाको ५ हजार ३०४ कित्ता र ऐसेलुखर्क गाउँपालिकाको ५२२ कित्ता जग्गा प्राप्तिका लागि प्रशासनले सूचना जारी गरेको छ ।

    समुद्री सतहबाट ६५० मिटर उचाईसम्मका करिब १२ हजार रोपनी व्यक्तिगत र ११/१२ सय रोपनी सरकारी जग्गा, गोठ, टहरा तथा रुखबिरुवा पूर्ण वा आंशिक प्राप्तीको प्रकृया थालिएको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाका उपनिर्देशक सिताराम तखाछेँले बताउनुभयो । प्रशासनले जग्गा प्राप्तिको प्रकृया थालेसँगै असार २३ गतेदेखि प्राप्ति गरिने जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनैपनि संरचना बनाउने वा थप्ने कार्य नगर्न/नगराउन भनेको छ ।

    आयोजनाका लागि जग्गा रोक्का गरिएसँगै प्रमुख जिल्ला अधिकारी संयोजकत्वको मूल्यांकन समितिले जग्गा अधिग्रहणका लागि मूल्यांकन गर्ने, मूल्या निर्धारण गर्ने र मुआव्जा वितरणको काम गर्ने उपनिर्देशक तखाछेँले बताउनुभयो ।

    आयोजनाबाट प्रभावित हुने ओखलढुंगाको चिसंखुगढी गाउँपालिका र सोलुखुम्बुभित्रका जग्गा प्राप्तिको काम पनि क्रमशः हुने जनाइएको छ ।

    लामीडाँडाको रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढिरहेको छ ।

    सम्बन्धित समाचार