Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कृषि

    विदेशबाट फर्किएका युवा फलफुल खेतीमा 

    विदेशबाट फर्किएका युवा फलफुल खेतीमा 


    • बिहिवार, आषाढ २४ २०७८

    • नेपाल वाइड


    विदेशबाट फर्किएका युवा फलफुल खेतीमा 
    फलफुलको बेर्नालाई पानी हाल्दै दाल्फुका स्थानीय ।

    खोटाङ । असार २४, बैदेसिक रोजगारीका सिलसिलामा प्रवासमा बसेर घर फर्किएका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका युवाले फलफुल खेती सुरु गरेका छन् । रोजगारीका सिलसिलामा १०/१२ वर्षसम्म विदेशमा बसेर फर्किएका स्थानीय मवेन्द्र राई र केसीराज राईले कागती, लिची, आँप र रुख कटहरको खेती लगाएका हुन् ।

    मलेसियामा दशकसम्म दुःख गरेर फर्किएका राई द्धयले कतिपय बाँझो जग्गा र कतिपय खेतीपाती हुँदै आएको खेत र बारीमा फलफुल खेती लगाएका हुन् ।

    डिभिजन वन कार्यालय खोटाङले निःशुल्क बेर्ना उपलव्ध गराएपछि मवेन्द्रले जेठो दाजु प्रताप, माईली भाउजु भगवती राईसँग मिलेर तीन वर्षदेखि बाँझिएको करिब १७ रोपनी बारीमा कागती खेती लगाएका छन् ।

    केसीराजले भने धान रोपाई हुँदै आएको खेतमै कागती लगाएका छन् । फलफुल खेतीबाट आफु आम्दानी गर्ने र अरुलाई पनि आम्दानीका लागि फलफुल खेतीतर्फ आकर्षित गर्नका लागि खेती सुरु गरिएको केसीराजले बताए ।

    डिभिजन वन कार्यालयले गाउँका सवै ३५ घर परिवारलाई फलफुलका बेर्ना उपलव्ध गराएको छ । त्यसमध्ये मवेन्द्र र केसीराजले भने व्यवसायीक रुपमै फलफुल खेती लगाएका हुन् । भौगोलिक हिसावले च्यास्मीटार दाल्फु कागती, लिची, आँप, रुखकटहरका लागि उपयुक्त मानिन्छ ।

    यद्यपी, सो क्षेत्रका किसान हालसम्म व्यवसायीक रुपमा फलफुल खेती गर्न अघि सरेका छैनन् । व्यवसायीक रुपमा फलफुल खेती गर्न सके सो स्थानमा बसोकास गरिरहेका स्थानीयको आर्थिक स्तर उकास्न सकिने सम्भावना रहेको स्थानीय खबीराज राईले बताए । चालु आर्थिक वर्ष वडा कार्यालयले समेत इच्छुक किसानलाई फलफुलको बेर्ना उपलव्ध गराउने तयारी गरिरहेको जनाएको छ ।

    सम्बन्धित समाचार