Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    लोकल रक्सीको औधोगीकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजीपति आकर्षित हुन्छ : सामाजिक विकास मन्त्री राई

    लोकल रक्सीको औधोगीकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजीपति आकर्षित हुन्छ : सामाजिक विकास मन्त्री राई


    • बिहिवार, आषाढ २४ २०७८

    • नेपाल वाइड


    लोकल रक्सीको औधोगीकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजीपति आकर्षित हुन्छ : सामाजिक विकास मन्त्री राई
    प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राई

    खोटाङ । असार २४, प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री एवं ‘व्याण्ड भर्सेज ब्राण्ड’की अभियान्ता उषाकला राईले लोकल रक्सीको औधोगीकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजीपति आकर्षक हुने बताएकी छन् ।

    सामाजिक विकास मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा सामाजिक विकास मन्त्री राईले नेपालको राष्ट्रियता बोकेको लोकल रक्सीको औधोगीकरणले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय पुँजीपति आकर्षित हुनेहुँदा स्वदेशमा विदेशी मुद्रा भित्रिने वातावरण बन्ने बताएकी हुन् ।

    सामाजिक विकास मन्त्री राईले लोकल रक्सीमाथि लगाइएको (व्याण्ड) प्रतिवन्ध फुकुवा गरेर (ब्राण्ड) बनाएर औधोगीकरण गर्दा प्रदेश सरकारले बजेटका लागि संघीय सरकारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्या हुने दावी गरेकी छन् । ‘व्याण्ड भर्सेज ब्राण्ड अभियान जनतालाई प्रत्यक्ष सहभागी गराउने जनमुखी हुनेछ । राष्ट्रिय पुँजीपतिहरु आकर्षिक हुनेछ ।

    अन्तर्राष्ट्रिय रुपमा पनि आउनु हुनेछ । यहाँ विदेशी मुद्रा भित्रिने छ,’ सामाजिक विकास मन्त्री राईले भनिन्, ‘वजेटकालागि अहिलेजस्तो माथिको मुख ताकिरहनु पर्ने अवस्थाको अन्त्या हुनेछ । भोली आफ्नै खुट्टामा उभिने र प्रदेश चलाउने अवस्था सिर्जना हुन्छ । अरु प्रदेशलाई सिकाउने र मुलुकलाई राष्ट्रिय आर्थिक संवृद्धिको बाटोमा अगाडि वढाउने प्रमुख काम हाम्रो प्रदेशले गर्नेछ ।’

    मन्त्री राईले ‘व्याण्ड भर्सेज ब्राण्ड’का माध्यमबाट हाम्रो आफ्नो प्रविधि, संस्कृति, विद्या र कलालाई वैज्ञानिकरण गर्दै नेपाली राष्ट्रियता बोकेको लोकल रक्सी उत्पादन गरिने बताएकी छन् । ‘यो रक्सी केवल रक्सी मात्र होईन ।

    रक्सीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बेच्ने कुरा गर्दैछौँ । नेपालको राष्ट्रियता बोकेको रक्सी उत्पादन गर्नेछौँ । कोदोबाट सिलभरको भाँडामा होईन, कुनै धातुमा होईन, तामाको भाँडामा बनाएर मिसावट रहित र जडिबुटी सहितको रक्सी उत्पादन गर्ने छौँ ।

    यसमा मिसावट वा गन्ध आउने नराम्रो चिजहरु केही पनि हुनेवाला छैन,’ मन्त्री राईले भनिन्, ‘अव हामी अन्तर्राष्ट्रियरुपमा जति प्रकारका रक्सी उत्पादन भएका छन्, त्यही रुपमा तिनीहरुलाई जित्ने गरेर, त्यसलाई ल्यावमा टेष्ट गरेर, त्यसलाई वैज्ञानिकरण गरेर अझ त्योभन्दा पनि खान लायक तरिकाले ब्राण्डिङ गर्ने प्रोसेसमा जाने छौँ ।’

    सम्बन्धित समाचार