Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    ओली सरकार विरुद्ध नेविसंघको किताव प्रदर्शन

    ओली सरकार विरुद्ध नेविसंघको किताव प्रदर्शन


    • सोमवार, आषाढ २१ २०७८

    • नेपाल वाइड


    ओली सरकार विरुद्ध नेविसंघको किताव प्रदर्शन
    किताव प्रदर्शन गरेर विरोध जनाउदै नेवि संघका विद्यार्थी नेताहरु ।

    खोटाङ । असार २१, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध नेपाल विद्यार्थी संघ खोटाङले संविधानको किताव प्रदर्शन गर्दै विरोध जनाएको छ । सोमबार साँझ दिक्तेलबजारको त्रिवेणी चौकमा नेविसंघले संविधान पढेर मात्र काम गरौ भन्दै सरकारलाई चेतावनी स्वरुप संविधानको किताव प्रदर्शन गर्दै सरकारको काम प्रति विरोध जनाएको हो ।

    ओली नेतृत्वको सरकार लोकतान्त्रिक मुल्यमान्यता र संबिधानको भावना बिपरित लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरुद्धमा लागेको भन्दै नेविसंघले सांकेतिकरुपमा संविधानको किताव प्रदर्शन गर्दै विरोध जनाएको हो ।

    सरकारले देश र जनताको पक्षमा भन्दा पनि लोकतन्त्रलाई नै धरापमा पार्ने षडयन्त्रमा लागेको भन्दै नेविसंघ खोटाङले विरोध प्रदर्शन गरेको जनाएको छ ।

    विरोध प्रदर्शनको नेतृत्व गर्दै नेविसंघका उपाध्यक्ष गोमा राईले ओली सरकारले संविधान नै नहेरी अनेकन कार्य गर्ने गरेको भन्दै देश र जनताका निम्ती काम गर्दा संविधानको पाना पल्टाएर मात्र काम गर्न अनुरोध स्वरुप यस्तो कार्यक्रम राखिएको बताएकी छिन ।

    विरोध प्रदर्शन कार्यक्रममा नेविसंघका सह–सचिव किसन भुजेल, प्रमोद राई, अनुष्का बस्नेतलगायत विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।

    सम्बन्धित समाचार