Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    कोरोना संक्रतिमलाई हेलीकोप्टरबाट लगियो अस्पताल

    कोरोना संक्रतिमलाई हेलीकोप्टरबाट लगियो अस्पताल

    जेठ ५ गते यता मात्र कोरोना संक्रमितलाई जिल्ला बाहिरको अस्पताल लैजान खोटाङबाट ७ पटक हेलीकोप्टर चार्टर

    • सोमवार, आषाढ २१ २०७८

    • नेपाल वाइड


    कोरोना संक्रतिमलाई हेलीकोप्टरबाट लगियो अस्पताल
    बुईपाका संक्रमित महिलालाई दिक्तेलबाट हेलीकोप्टरमार्फत काठ्माण्डौं पठाउने तयारी गरिँदै । तस्बिर सौजन्य : नवराज आचार्य

    खोटाङ । असार २१, खोटाङका एक संक्रमित महिलालाई हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं पठाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका ४४ वर्षीय संक्रमित महिलालाई आइतबार २ लाख ८० हजारमा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्र दिक्तेलको भवनमा स्थापना गरेको आइसोलेसन सेन्टरमा शनिबार भर्ना भएका महिलाको अक्सिजन लेवल डाउन भएपछि थप उपचारका लागि हेलीकोप्टर चार्टर गरेर अस्पताल पठाइएको हो ।

    महिलाको हाल टिचिङ अस्पतालमा उपचार भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडासदस्य प्रकाश श्रेष्ठले बताए ।

    खोटाङमा कोभिड–१९ को संक्रमण पूष्टि भएको अवस्थामा स्वास्थ्यमा गम्भीर समस्या देखिए तत्काल अस्पताल पुर्‍याउनका लागि लाखौंमा हेलीकोप्टर चार्टर हुने गरेको छ । जेठ ५ गते यता मात्र संक्रमितलाई अस्पताल लैजानका लागि यो सहित ७ पटक हेलीकोप्टर चार्टर भइसकेका छन् ।

     

    सम्बन्धित समाचार