Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिप्रुङ : वडा विभाजनका लागि मतदान, अव टेम्मा टुक्रिने

    दिप्रुङ : वडा विभाजनका लागि मतदान, अव टेम्मा टुक्रिने


    • आइतवार, आषाढ २० २०७८

    • नेपाल वाइड


    दिप्रुङ : वडा विभाजनका लागि मतदान, अव टेम्मा टुक्रिने
    दिप्रुङ चुईचुम्मा गाउँपालिका

    खोटाङ । असार २०, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको दुई वडा विभाजनका लागि मतदान भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा विभाजनका लागि गत असार १० गतेको गाउँसभामा पेश भएको प्रस्ताव अनुसार आइतबार मतदान भएको हो ।

    गाउँसभाको कुल सदस्य संख्या ३४ मध्ये टेम्मालाई विभाजन गर्ने पक्षमा ३४ मत खसेको छ । त्यसको विपक्ष र तटस्थमा कुनै पनि मत नखसेको गाउँपालिकाले जनाएको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५ र ६ मा भएको व्यवस्था अनुसार साविकको टेम्मा–३, ५, ६ र ९ लाई समेटेर एउटा वडा र साविकको टेम्मा–१, २, ४, ७ र ८ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव पेश भएको थियो ।

    टेम्मा विभाजनका लागि गाउँसभाले प्रदेशमा सिफारिसका लागि अनुमोदन गरेको छ । विभाजनका पक्षमा बहुमत खसेको मतका आधारमा अव टेम्मालाई औपचारिकरुपमा विभाजनका लागि बाटो खुलेको छ ।

    यस्तै, बतासेलाई विभाजन गर्नुपर्ने पक्षमा १५ र विपक्षमा १९ मत खसेको छ । तटस्थमा भने मत खसेन । बतासेलाई साविकको बतासे–१, २, ३ र ४ लाई समेटेर एउटा वडा तथा साविकको बतासे–५, ६, ७, ८ र ९ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव गरिएको थियो ।

    बहुमत नपुगेकाले वतासेलाई विभाजन गर्ने प्रस्ताव गाउँसभाबाट अस्वीकृत भएको छ । टेम्मा विभाजन भएसँगै दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ८ वटा वडा हुने छ ।

    सम्बन्धित समाचार