Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    कोरोना संक्रमित महिलाले जन्माईन बच्चा

    कोरोना संक्रमित महिलाले जन्माईन बच्चा


    • आइतवार, आषाढ २० २०७८

    • नेपाल वाइड


    कोरोना संक्रमित महिलाले जन्माईन बच्चा
    जन्मिएको बच्चा आमालाई दिँदै स्वास्थ्यकर्मी ।

    खोटाङ । असार २०, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कोभिड–१९ बाट संक्रमित महिलाले बच्चा जन्माएकी छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाकी २४ वर्षीय गुरागाई थरकी महिलाले शनिबार राती स्वस्थ बच्चा (छोरी)लाई जन्म दिएकी हुन् ।

    शनिबार दिउँसो याम्खास्थित अस्थायी कोभिड अस्पतालमा भर्ना भएकी गुरागाईले पहिलो सन्तान जन्माएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

    अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । महिलालाई ५ दिनअघि कोभिड संक्रमण पूष्टि भएको थियो । नवजात शिशुको तौल ३ हजार ग्राम रहेको स्वास्थ्यचौकी याम्खाले जनाएको छ । कोभिड–१९ को महामारीका बेला ज्यानको बाजी लगाएर स्वास्थ्यकर्मीले संक्रमित महिलालाई सुत्केरी गराएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    सम्बन्धित समाचार