Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आन्तरिक उडान आजबाट खुल्यो

    आन्तरिक उडान आजबाट खुल्यो


    • बिहिवार, आषाढ १७ २०७८

    • नेपाल वाइड


    आन्तरिक उडान आजबाट खुल्यो
    फायल तस्बिर

    काठमाण्डौ । कोरोना महामारी नियन्त्रणका लागि भनेर गत वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान आजबाट खुला गरिएको छ । त्यसका लागि नागरिक उड्डयन प्राधिकरणले सरकारको आदेश अनुसार हिजो बुधबार चारवटा वायुसेवाको उडान तालिका स्वीकृत गरेको छ ।

    प्राधिकरणका अनुसार जुलाई महिनाभर असार १७ देखि साउन १६ सम्मका लागि दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरेको हो । उडान बिहान साढे ६ बजेदेखि साँझ ६ बजेसम्म हुनेछन् ।

    प्राधिकरण उडान अनुमति शाखाका अनुसार काठमाडौंबाट बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान गर्न अनुमति दिइएको छ ।

    पहिलो चरणमा यी चारवटा वायुसेवाले काठमाडौंबाट धनगढी, नेपालगन्‍ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन् ।

    प्राधिकरणद्वारा स्वीकृत तालिका अनुसार काठमाडौंबाट दैनिक विराटनगर १०, भैरहवा ९, नेपालगन्‍ज र भद्रपुर ७, ७, जनकपुर र सिमरा ६र६, पोखरा ५ र धनगढी ४ वटा उडान हुनेछन् ।

    त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुरलगायत दुर्गम क्षेत्रमा दैनिक ८ वटा उडान हुने प्राधिकरणले जनाएको छ । उडान गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेछ ।

    जस अनुसार, यात्रुको भिड नहोस् भनेर काठमाडौं तथा बाहिरका विमानस्थलमा एक पटकमा एउटा विमानलाई मात्र प्रवेश दिइनेछ । यसैगरी विमानस्थलको र्‍यामबसमा यात्रुले सामाजिक दुरी कायम गरेर बस्नुपर्नेछ ।

    जहाजमा भने सबै सिटमा यात्रु राख्न अनुमति दिइएको प्राधिकरणले जनाएको छ । तर यात्रुले अनिवार्य मास्क, भाइजर प्रयोग गर्नुपर्नेछ । विमानस्थलमा अनिवार्य ज्वरो नापिनेछ ।

    सम्बन्धित समाचार