Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    किनेर हतारमा कोरोना खोप नलगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    किनेर हतारमा कोरोना खोप नलगाउन स्वास्थ्य मन्त्रालयको आग्रह


    • सोमवार, आषाढ १४ २०७८

    • नेपाल वाइड


    किनेर हतारमा कोरोना खोप  नलगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
    फायल तस्बिर

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भन्दै ठगी गर्नेविरुद्ध स्थानीय प्रशासन अथवा मन्त्रालयमा उजुरी गर्न सर्वसाधारणलाई अुनरोध गरेको छ । मन्त्रालयले हालसम्म नेपालमा सरकारी निकायबाहेक अन्य क्षेत्रलाई कोरोना विरुद्धको खोप वितरणको अनुमति नदिएको पनि स्पष्ट पारेको छ ।

    आफ्नो पालो कुरेर सरकारले दिएको निशुल्क लिन र पैसा तिरेर किन्ने हतारमा ठगीको शिकार नबन्न मन्त्रालयले अनुरोध गरेको छ । उमेर समूह तथा अत्यावश्यक क्षेत्र अनुसार सरकारले पालैपालो खोप उपलब्ध गराउने पनि मन्त्रालयले जनाएको छ । 

    सम्बन्धित समाचार