Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बैंकको एटीएम तोडफोड गर्दागर्दै पक्राउ

    बैंकको एटीएम तोडफोड गर्दागर्दै पक्राउ


    • सोमवार, आषाढ १४ २०७८

    • नेपाल वाइड


    बैंकको एटीएम तोडफोड गर्दागर्दै पक्राउ
    प्रतिकात्मक तस्बिर

    काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिका–३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटीएम तोडफोड गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी दुहबी नगरपालिका–९ घर भएका २४ वर्षीय मोहम्मद इम्तियाज छन् ।

    सीआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटीएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई १ थान ताला फोड्न प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को।३९ प ४८६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । बैक तोडफोडमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय अनिस हुसेनको भने खोजी भईरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार