Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कृषि

    किसानको पिडा ! धान काटेर गाइवस्तुलाई घाँस

    किसानको पिडा ! धान काटेर गाइवस्तुलाई घाँस


    • आइतवार, आषाढ १३ २०७८

    • नेपाल वाइड


    किसानको पिडा  !  धान काटेर गाइवस्तुलाई घाँस
    सावा खोला किनार आसपासका खेतमा धान काट्दै कृषक ।

    खोटाङ । असार १३, किराको प्रकोपका कारण धान नपसाएपछि खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका किसानले धान काटेर गाईवस्तुलाई खुवाउन थालेका छन् ।

    खाइनखाई दश नंग्रा खियाएर रोपेको वर्षे धानमा लाइजस्तो देखिने साना–साना कालो रंगको किराको प्रकोप फैलिएका कारण धान पसाउन नसकेपछि किसानले काटेर गाईवस्तुलाई घाँस दिन थालेका हुन् ।

    जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाको सिमाबाट बग्ने सावा खोलाको किनारका खेतमा लगाइएको धानको उत्पादन ‘शुन्य’ बनेको स्थानीय किसान जितबहादुर कार्कीले बताउनुभयो । खेतमा कुनै कुनै बोटमा मात्र फाट्टफुट्ट धानको बाला लागेको छ ।

    धान रोप्न गरिएको मेहनत खेर गएपछि किसान चिन्तित छन् । नपसाएको धानको बोट धेरैजसो किसानले काटेर घाँस बनाइरहेका छन् । कतिपय किसानले भने बिउ आउने आशामा त्यसै छाडेका छन् ।

    सावा खोला किनार आसपासमा खेत भएका १५/२० घर किरानको खेतमा लगाइएको धानमा किराको समस्या देखिएको हो । किराको कारण चिसापानी खुटाका जितबहादुर सहित गोबिन्द अधिकारी, चन्द्रबहादुर पौडेल, कृष्ण खड्का, उमेश नेपाली, सुमन खड्का, जितबहादुर बिक, रमेश तामाङ लगायतका खेत बाँझिएको छ ।

    १०/११ घर किसानको भने धानको बिउ नै मासिएको छ । सो क्षेत्रका करिब तीन सय रोपनी खेतका धान नपसाउँदा किसानमा भोकमरीको चिन्ता सुरु भएको स्थानीय युवा नेता बाजिन्द्र बिष्टले बताउनुभयो । सावा खोला किनार आसपासका खेतमा मात्र नभएर कतिपय खोलाभन्दा माथिका खेतमा समेत समस्या देखिएको छ ।

    बिष्टले पाक्नुभन्दा महिना दिनअगाडि नै धान काटेर घाँस खुवाउन बाध्य अवस्थाका किसानको पहिचान गरि राहत तथा क्षतिपूर्तीको व्यवस्था गर्न स्थानीय सरकार समक्ष माग गर्नुभएको छ ।

    सम्बन्धित समाचार