Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जिल्ला प्रशासनले पुर्व स्वीकृतिमा सवारी पास उपलव्ध गराउने

    जिल्ला प्रशासनले पुर्व स्वीकृतिमा सवारी पास उपलव्ध गराउने


    • शनिवार, आषाढ १२ २०७८

    • नेपाल वाइड


    जिल्ला प्रशासनले पुर्व स्वीकृतिमा सवारी पास उपलव्ध गराउने
    जिल्ला प्रशासन कार्यालय खोटाङको कार्यालय

    खोटाङ । असार १२, कोभिड–१९ को महामारीका क्रममा जारी निषेधाज्ञा सहज बन्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालय खोटाङले बाहिरी जिल्लाको यात्राका लागि सवारी पास उपलव्ध गराउने भएको छ ।

    कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण एवं उपचारका लागि विभिन्न जिल्लामा लागू गरिएको निषेध आदेश क्रमशः सहज बन्दै गएको अवस्थामा गन्तव्य जिल्लाको जिल्ला प्रशासन कार्यालयको पुर्व स्वीकृतिमा जिल्ला प्रशासन कार्यालय खोटाङले सवारी पास उपलव्ध गराउने भएको हो ।

    काठ्माण्डौं उपत्यकाका कुनै पनि जिल्लामा जानुपर्ने भएमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पुर्वस्वीकृति लिएर सोही स्वीकृति पत्रका साथ पासको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश गर्न सूचना जारी गरिएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले शुक्रबार जारी गरेको सूचनामा काठ्माण्डौं उपत्यका बाहेकका जिल्लामा जानुपर्ने भएमा गन्तव्य सम्वन्धित जिल्ला प्रशासन कार्यालयको पुर्वस्वीकृति लिएर सो स्वीकृति पत्रका साथ पासको लागि प्रशासनमा निवेदन पेश गर्न आग्रह गरिएको छ ।

    कोभिड–१९ को महामारीका कारण मुलुकभरका जिल्लामा लागू गरिएको निषेध आदेशलाई केही मात्रामा सहज बनाउँदै लगिएको भए पनि पूर्णरुपमा नहटाइएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले पुर्व स्वीकृतिमा सवारी पास उपलव्ध गराउने भएको हो ।

    सम्बन्धित समाचार