Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    कोरोना संक्रमित लाखौंमा हेलीकोप्टर चार्टर गर्न बाध्य

    कोरोना संक्रमित लाखौंमा हेलीकोप्टर चार्टर गर्न बाध्य


    • मंगलवार, आषाढ ८ २०७८

    • नेपाल वाइड


    कोरोना संक्रमित लाखौंमा हेलीकोप्टर चार्टर गर्न बाध्य
    ऐसेलुखर्कमा कोरोना संक्रमितलाई हेलीमा राखी काठमाण्डौ लैजाने तयारी गरिदै । तस्बिर सौजन्य : निर्मला शर्मा

    खोटाङ । असार ८, खोटाङको ऐसेलुखर्क गाउँपालिकाबाट एक संक्रमितलाई हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका ६० वर्षीय संक्रमित वृद्धालाई निमोनियाको समस्याले च्यापेपछि मंगलबार हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं पठाइएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

    संक्रमितलाई थप उपचारका लागि काठ्माण्डौं लैजानेक्रममा २ लाख ९५ हजारमा हेलीकोप्टर चार्टर गरिएको हो । खोटाङमा कोभिड–१९ को संक्रमण पूष्टि भएको अवस्थामा स्वास्थ्यमा गम्भीर समस्या देखिए तत्काल अस्पताल पुर्‍याउनका लागि लाखौंमा हेलीकोप्टर चार्टर हुने गरेको छ ।

    बिरामी बोक्न एम्बूलेन्स वा गाडीको विकल्पमा संक्रमति महंगो शुल्क तिरेर हेलीकोप्टर चार्टर गर्न बाध्य बनेका छन् । जेठ ५ गते यता मात्र संक्रमितलाई अस्पताल लैजानका लागि ६ पटक हेलीकोप्टर चार्टर भइसकेका छन् ।

    सम्बन्धित समाचार