Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    नेर्पाली एकता समाजको पहलमा स्वास्थ्य कार्यालय र वडा कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

    नेर्पाली एकता समाजको पहलमा स्वास्थ्य कार्यालय र वडा कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण


    • सोमवार, आषाढ ७ २०७८

    • नेपाल वाइड


    नेर्पाली एकता समाजको पहलमा स्वास्थ्य कार्यालय र वडा कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण
    वडा कार्यालय नेर्पालाई स्वास्थ्य सामग्री प्रदान गर्दै नेर्पाली एकता समाजका अध्यक्ष गणेश पराजुली लगायत ।

    खोटाङ । असार ७, कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पालाई स्वास्थ्य सामग्री जुटेको छ ।

    महामारीका बेला ‘बाँच्ने र बचाउने’ अभियान सफल बनाउनका लागि नेर्पाली एकता समाज काठ्माण्डौंका अध्यक्ष गणेश पराजुलीको संयोजनमा स्वास्थ्य कार्यालय र वडा कार्यालय नेर्पालाई अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, थर्मलगन लगायतका स्वास्थ्य सामग्री जुटेको हो ।

    अध्यक्ष पराजुलीको संयोजनमा खाल्सा एड इन्टरनेशनलबाट स्वास्थ्य कार्यालयलाई १० लिटर क्षमताको ५ थान अक्सिजन कन्सन्ट्रेटर, नेर्पाका लागि २५ थान अक्सिमिटर र २ थान थर्मल गन जुटाइएको हो ।

    health materials by nerpali akata sewa samaj photo_khotang.jpg

    स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गर्दै नेर्पाली एकता समाजका अध्यक्ष गणेश पराजुली लगायत । 

    यस्तै, रबि लामिछाने फाउण्डेसनबाट नेर्पाका लागि २ सेट अक्सिनजन सिलिण्डर, १० लिटर क्षमताको एक थान र ५ लिटर क्षमताको एक थान अक्सिजन कन्सन्ट्रेटर, १० थान थर्मल गन, ४ थान स्ट्रेचर, ८ थान पिपिइ सेट, ५ बक्स सर्जिकल ग्लोव्स र २ हजार पिस फेस मास्क जुटाइएको नेर्पाली एकता समाजका अध्यक्ष पराजुलीले बताए ।

    नेर्पाका लागि जुटाइएको स्वास्थ्य सामग्री सोमबार सोही वडाका वडाध्यक्ष माधव राईलाई हस्तान्तरण गरिएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई, नेर्पाका वडाध्यक्ष राईको उपस्थितिमा अध्यक्ष पराजुलीले स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन् ।

    यस्तै, नेर्पाली एकता समाजका अध्यक्ष पराजुलीकै संयोजनमा नेर्पाका सय परिवारलाई खाद्यान्न वितरण गरिएको छ । कोभिड–१९ को महामारीका कारण समस्यामा परेका परिवारलाई खाल्सा एड इन्टरनेशनलबाट जुटाएर चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न बाँडिएको हो ।

    स्थानीयलाई प्रतिपरिवार १५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी आलु प्याज, १ केजी चना, २ डल्ला सावुन, मञ्जन र ब्रस वितरण गरिएको पराजुलीले बताए । नेर्पाका वडाध्यक्ष राईको उपस्थितिमा नेर्पाली एकता समाजले स्थानीयलाई खाद्यान्न बाँडेको हो ।

    health materials by nerpali akata sewa samaj photo_khotang2.jpg

    नेर्पाका स्थानीयलाई खाद्यान्न वितरण गर्दै नेर्पाली एकता समाजका अध्यक्ष गणेश पराजुली लगायत ।

    सम्बन्धित समाचार