Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    लिखित जवाफ पेस गर्न जसपाका महन्त पक्षलाई निर्वाचन आयोगको निर्देशन

    लिखित जवाफ पेस गर्न जसपाका महन्त पक्षलाई निर्वाचन आयोगको निर्देशन


    • आइतवार, आषाढ ६ २०७८

    • नेपाल वाइड


    लिखित जवाफ पेस गर्न जसपाका महन्त पक्षलाई निर्वाचन आयोगको निर्देशन
    फायल तस्बिर

    काठमाडौँ । जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । 

    आईतबार बसेको बैठकले १५ दिनभित्र दाबीको प्रतिलिपिसहित जवाफ पेस गर्न सूचना दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    जसपाको उपेन्द्र यादवले शुक्रबार बहुमत कार्यकारिणी समितिका सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको थियो । उपेन्द्र यादव पक्षबाट आधिकारिकता दाबी पेस गरिएकोले त्यसबारे प्रतिलिपिसहित लिखित जवाफ पेस गर्न १५ दिनको सूचना दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    सम्बन्धित समाचार