Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    दाङमा कोरोना संक्रमण घट्दै, ३०७ मा झर्‍यो सक्रिय संक्रमित

    दाङमा कोरोना संक्रमण घट्दै, ३०७ मा झर्‍यो सक्रिय संक्रमित


    • आइतवार, आषाढ ६ २०७८

    • नेपाल वाइड


    दाङमा कोरोना संक्रमण घट्दै, ३०७ मा झर्‍यो सक्रिय संक्रमित
    फायल तस्बिर

    दाङ । दाङमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । दाङमा जेठको तेस्रो सातादेखि कोरोना संक्रमितको दर घट्न थालेको स्वास्थ्य कार्यालय दाङका प्रमुख कमल चन्दले जानकारी दिए ।

    उनका अनुसार निरन्तरको निषेधाज्ञा र उच्च सतर्कता अपनाएकाले जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको हो । पहिले दैनिक जिल्लामा ७०–७५ प्रतिशत व्यक्तिहरूमा कोरोना संक्रमण हुने गरेकोमा जेठको तेस्रो सातादेखि दैनिक २० देखि ३० प्रतिशतमा कोरोना संक्रमण हुने गरेको प्रमुख चन्दले बताए ।

    अहिले दाङमा सक्रिय संक्रमितको संख्या ३०७ जना रहेको छ । यो वर्ष मात्रै जिल्लामा पिसीआर विधिबाट कोरोना परिक्षण गर्दा ११ हजार ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    जसमध्ये २४३ जनाको मृत्यु भएको स्वास्थ्य प्रमुख चन्दले बताए । यसैबीच, दाङको कोरोना विशेष अस्पतालमा अहिले २५ जना सक्रिय कोरोना संक्रमितको उपचार भइरहेको छ ।

    सम्बन्धित समाचार