Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    पुन : सभापति बन्ने दाउमा देउवा

    पुन : सभापति बन्ने दाउमा देउवा


    • आइतवार, आषाढ ६ २०७८

    • नेपाल वाइड


    पुन : सभापति बन्ने दाउमा देउवा
    फायल तस्बिर

    काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पक्षका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा आईतबार बिहान भएको छलफलमा क्रममा सभापति देउवाले आगामी १४ औँ महाधिवेशनमा आफू फेरि सभापति पदको उम्मेदवार बन्ने जानकारी दिएको भीमसेनदास प्रधानले जानकारी दिए ।

    सभापति देउवाको भनाइ उद्धृत गर्दै नेता प्रधानले वर्तमान उपसभापतिलाई आफुले उत्तराधिकारीका रुपमा लिएको भए पनि आफू अन्तिम पटक लड्ने बताएको जानकारी दिए । छलफलमा नेता प्रधानले कृष्णप्रसाद सिटौलाको उचित व्यवस्थापन नगरे आगामी महाविधेशन जित्न समस्या हुने बताएको जनाएका छन् ।

    बैठकमा आफूले भनेको एजेण्डाबारे जानकारी दिँदै नेता प्रधानले भने, ‘कृष्ण सिटौला दाइले अघिल्लो महाधिवेशनमा सहयोग गरेको हो । अब कृष्ण सिटौलाको सहयोग लिने हो भने कसरी जाने भन्ने विषयमा छलफल गर्नुपर्छ ।’ आगामी चुनावका लागि सिटौलाको नेतृत्व आवश्यक रहेको भन्दै नेता प्रधानले सभापति देउवालाई दिएको सुझावबारे भने, ‘सिटौलाजीलाई चुनावको कमाण्डर बनाएर हुन्छ कि कार्यबाहक सभापति दिएर हुन्छ वा अरु के के गरेर हुन्छ सहकार्य गरौं ।’

    जवाफमा सभापति देउवाले भने मुलुकलाई सहज बाटोमा लगेर आफूले कांग्रेसको नेतृत्व छाड्ने बताएको नेता प्रधानले जानकारी दिए । देउवाको भनाइ उदृत गर्दै उनले भने, ‘सभापतिले म फेरि पनि उठ्छु । अन्तिम पटक म लड्छु । मुलुकलाई सहज बाटोमा लगेर मात्रै नेतृत्व छाड्छु ।’ देउवाले तोकिएको मितिमा महाधिवेशन गर्ने समेत बताएको नेताहरुले बताएका छन् ।

    सम्बन्धित समाचार