Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    जनता समाजवादी पार्टीका नेता पेस्तोलसहित पक्राउ

    जनता समाजवादी पार्टीका नेता पेस्तोलसहित पक्राउ


    • बिहिवार, आषाढ ३ २०७८

    • नेपाल वाइड


    जनता समाजवादी पार्टीका नेता पेस्तोलसहित पक्राउ
    प्रशुराम चौधरी

    उदयपुर । जनता समाजवादी पार्टीका उदयपुर जिल्ला समिति सदस्यलाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको छ । जसपाका जिल्ला सदस्य प्रशुराम चौधरीलाई ‘मेड इन युएसए’ लेखिएको अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता (डिएसपी) बेद प्रसाद गौतमले बताए ।

    चौधरीले पत्नी श्याम कुमारी चौधरीको घरमा लुकाएर राखेको अवस्थामा सो पेस्तोल र ५ राउण्ड गोली प्रहरीले बरामद गरेको हो । छोरी र सप्तरीको सुरुङ्गा नगरपालिका–८ घर भएका २३ वर्षीय बबि चौधरी बिचमा प्रेम सम्बन्ध रहेको र प्रशुरामले छोरीको प्रेमीलाई फसाउन पेस्तोल ल्याएर राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

    सम्बन्धित समाचार