मंगलवार, आषाढ १ २०७८
नेपाल वाइड
गण्डकी प्रदेश सरकारले ६५ वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ । मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै अर्थ तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश मातहतका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने जानकारी दिए ।
चार दिनअघि मात्रै उनको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। गण्डकी सरकारले अन्य प्रदेशभन्दा यो नयाँ कार्यक्रम ल्याएको हो । त्यस्तै, प्रदेश सरकारले स्वास्थ्य स्वयंसेविकालाई वार्षिक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । सरकारले ‘स्वास्थ्य बीमा सरकारको जिम्मा’ कार्यक्रम पनि ल्याएको छ ।