Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कोरोना संक्रमणका कारण जसपाका युवा नेताको निधन

    कोरोना संक्रमणका कारण जसपाका युवा नेताको निधन


    • सोमवार, जेठ ३१ २०७८

    • नेपाल वाइड


    कोरोना संक्रमणका कारण जसपाका युवा नेताको निधन
    कोरोना संक्रमणबाट ज्यान गुमाएका जसपाका नेता मोहनप्रसाद राई ।

    खोटाङ । जेठ ३१, कोरोना संक्रमणका कारण जनता समाजवादीका नेता मोहनप्रसाद राईको मृत्यु भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका राईको शुक्रराज सरुवा रोग उपचार केन्द्र टेकुमा उपचारकोक्रममा आइतबार मृत्यु भएको हो ।

    कोरोना संक्रमणभुक्त भएपछि पनि पोष्ट कोरोना इन्फेक्टका कारण राईको निधन भएको जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सुर्य राईले जानकारी दिए ।

    तत्कालिन संघीय समाजवादी पार्टीका संस्थापक, जनता समाजवादीका वर्तमान केन्द्रीय सूचना, प्रचार–प्रसार तथा प्रकाशन विभाग सदस्य, केन्द्रीय निर्वाचन समिति सदस्य रहेका राई पेशाले आइटी इन्जिनियर थिए ।

    किरात राई युवा संघको पुर्व केन्द्रिय अध्यक्ष राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टीकातर्फबाट बराहपोखरी गाउँपालिका अध्यक्ष पदमा उठेका थिए । उनका श्रीमती र एक सन्तान छन् । उनको निधनमा जनता समाजवादी पार्टीले दुःख व्यक्त गरेको छ ।

     

     

    सम्बन्धित समाचार