Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    ढुंगा-गिटी निर्यात गर्ने नीतिविरुद्ध प्रदेश १ सभामा संशोधन प्रस्ताव दर्ता

    ढुंगा-गिटी निर्यात गर्ने नीतिविरुद्ध प्रदेश १ सभामा संशोधन प्रस्ताव दर्ता


    • आइतवार, जेठ ३० २०७८

    • नेपाल वाइड


    ढुंगा-गिटी निर्यात गर्ने नीतिविरुद्ध  प्रदेश १ सभामा  संशोधन प्रस्ताव दर्ता
    प्रदेश १

    विराटनगर । जेठ ३०, प्रदेश १ सभामा संघीय सरकारले नयाँ बजेटमार्फत ल्याएको ढुङ्गा, गिट्टी, बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने नीति कार्यान्वयनमा नगर्न माग गदै संशोधन प्रस्ताव दर्ता भएको छ । जनता समाजवादी पार्टीका सांसद जयराम यादवले सभामा संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

    प्रदेशसभामा प्रदेश १ सरकारले प्रस्तुत गरेका आगामी वर्षको नीति तथा कार्यक्रममा संघीय सरकारले ल्याएको सो नीति कार्यान्वयनमा नलैजान माग गरे ।

    सांसद यादवले दर्ता गराएको संशोधन प्रस्तावमा ढुंगा, गिटी उत्खनन र बिक्री गर्ने संघीय सरकारको योजनाले देशकै अन्न भण्डार मानिएको प्रदेश १ को चुरे क्षेत्रको चरम विनाश हुने, पानीको स्रोत सुक्ने, पर्यावरण र जैविक विविधताको नास हुने जनाइएको छ ।

    उनले प्रदेश १ लाई मरुभूमि हुनबाट जोगाउन  ढुंगा, गिटी निर्यात गर्न नदिने गरी निर्णय गर्नुपर्ने माग समेत गरेका छन् ।  संघीय सरकारको सो निर्णयविरुद्ध प्रदेशसभामा सबै विपक्षी दलहरूले चर्को विरोध जनाइरहेका छन । 

    सम्बन्धित समाचार