Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेपाली काँग्रेस पार्टीको १४ औं महाधिवेश भदौ १६ बाट

    नेपाली काँग्रेस पार्टीको १४ औं महाधिवेश भदौ १६ बाट


    • शनिवार, जेठ २९ २०७८

    • नेपाल वाइड


    नेपाली काँग्रेस पार्टीको १४ औं महाधिवेश भदौ १६ बाट
    सांकेतिक तस्बिर

    काठमाडौं । नेपाली काँग्रेसमा पार्टीको १४ औं महाधिवेशन सार्ने निर्णय भएको छ । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको हो ।

    सभापतिले विशेषाधिकार प्रयोग आगामी केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने गरी पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गरेको काँग्रेसका एक नेताले बताए । गत फागुनमा बसको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

    उक्त कार्यतालिका अनुसार क्रियाशील सदस्यताको काम सम्पन्न नभएपछि अधिवेशनको तालिका पनि संशोधन गर्ने निर्णय भएको छ । असार पहिलो सात वडा तहको अधिवेशन गर्ने कार्यतालिकालाई संशोधन गरी तेस्रो सातापछि सारिएको छ ।

    सम्बन्धित समाचार