शनिवार, जेठ २९ २०७८
नेपाल वाइड
खोटाङ । जेठ २९, कोभिड–१९ को महामारीबाट बच्ने र बचाउने अभियानका क्रममा खोटाङलाई आवश्यक स्वास्थ्य सामग्री जुट्नेक्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका क्रममा उपयोग हुने थप स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमा आइपुगेको छ ।
मन्त्रालयबाट ५ थान पल्स अक्सिमिटर, २ सय थान एन्टीजेन किट, ५ सय पिस कोभिड–१९ गाउन सेट, ५० पिस डेडवडी व्याग, ५० पिस फेसशिल्ड, सय पिस एन ९५ मास्क र एक हजार पिस कोभिड–१९ मास्क आइपुगेको हो ।
प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको पहलमा मन्त्रालयबाट ल्याइएको स्वास्थ्य सामग्री अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य एबं एमाले नेता कुमार आचार्यले स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई शुक्रबार शुक्रबार हस्तान्तरण गरेका छन् ।
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार र कतिपय व्यक्तिगत सहयोगमा स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री जुटिरहेको छ ।
स्वास्थ्य कार्यालयको माग एवं जिल्लाका जनप्रतिनिधि तथा दलका नेताको पहलमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई गाउन, मास्क, सेनीटाइजर लगायतमा स्वास्थ्य सामग्री भित्रिने क्रम जारी छ । गत जेठ २६ गते खोटाङ सेवा समाज यूकेले स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, बिआइपिएपी, मास्क लगायतका ११ लाख ४६ हजार २०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको थियो ।
यस्तै, जेठ १८ गते प्रदेश नम्बर १ का सामाजिक बिकास मन्त्री उषाकला राईको पहलमा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बिराटनगरबाट ५० लिटरको १५ पिस अक्सिजन सिलिण्डर, ४ थान अक्सिजन कन्सन्ट्रेटर, ४ थान अक्सिमिटर, १० हजार सेट एन्टीजेन किट, २० पिस इन्फ्रारेड थर्मोमिटर, ३२० सेट गाउन लगायतका स्वास्थ्य सामग्री जिल्ला ल्याइएको थियो । मन्त्री राईले बिराटनगरबाट गत बैसाख ३० गते पनि स्वास्थ्य सामग्री पठाएकी थिईन् ।
यस्तै, जेठ ११ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागबाट प्रतिनिधिसभा सदस्य भट्टराईमार्फत ४ सय थान पिपिइ गाउन, ४ सय थान एन ९५ मास्क, २० लिटर सेनिटाइजर, ४ हजार थान सर्जिकल मास्क, १ हजार सेट एन्टीजेट किट, ४० लिटरको १५ पिस अक्सिजन सिलिण्डर र २ सय पिस भिटिएम ल्याइएको थियो । प्रतिनिधिसभा सदस्य भट्टराई काठ्माण्डौंबाट गत बैसाख ३० गते पनि स्वास्थ्य सामग्री लिएर आएका थिए ।
गत जेठ १० गते हवाई क्याप्टेन सुवास रिजालले पनि स्वास्थ्य कार्यालय खोटाङलाई ५० हजार १०० बराबरको स्वास्थ्य सामग्री प्रदान गरे । खोटेहाङ गाउँपालिकाको सावाकटहरे मावली घर र बिराटनगर घर भएका क्याप्टेन रिजालले स्वास्थ्य कार्यालयलाई १० थान पल्स अक्सिमिटर, १५० ग्रामको १५० थान सेनीटाइजर, ५ सय ग्रामको २ थान सेनीटाइजर, १० थान थर्मोमिटर र थ्रि लेयरको २ हजार ५ सय थान सर्जिकल मास्क प्रदान गरेका हुन् ।
यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा कार्यरत मेडिकल अधिकृत डा. जितेन्द्रप्रसाद शाहले जन्तेढुंगा गाउँपालिकालाई ५० हजार बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
कोभिड–१९ को महामारी बिरुद्ध स्वास्थ्यकर्मीकारुपमा गाउँपालिकासँग दिनरात ‘होस्टेमा हैंसे’ गरिरहेका मेडिकल अधिकृत शाहले जेठ ४ गते गाउँपालिकालाई १० थान पिपिई सेट, १० थान फेसशिल्ड, २ सय थान एन ९५ मास्क, ५ सय थान सर्जिकल मास्क र १० थान सुज कभर प्रदान गरेका थिए ।