Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    उदयपुरमा घट्दै कोरोना सङक्रमण

    उदयपुरमा घट्दै कोरोना सङक्रमण


    • शनिवार, जेठ २९ २०७८

    • नेपाल वाइड


    उदयपुरमा घट्दै कोरोना सङक्रमण
    फायल तस्बिर

    उदयपुर । वैशाखको तेस्रो हप्तादेखि तिब्र रुपमा वृद्धि हुँदै गएको कोरोना सङ्क्रमण जेठको अन्तिम हप्तामा आएर उदयपुर जिल्लामा घट्दै गएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जेठको अन्तिम हप्तादेखि जिल्लामा कोरोना सङ्क्रमणमा निकै कमी आएको छ ।

    बढी सङ्क्रमित भएको त्रियुगा नगरपालिकामा जेठको अन्तिम हप्तामा आएर ५३५ बाट सङ्क्रमितहरु घटेर २९० मा झरेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

    कटारी नगरपालिकामा ११७ जना पुगेकोमा सङ्क्रमित घटेर ४५ जनामा झरेकोे छ । रौतामाई गाउँपालिकामा ७६ जना रहेकोमा घटेर २९ जना र लिम्चुङबुङ गाउँपालिमा ६४ जनाबाट सङ्क्रमित घटेर हाल २४ जनामा झरेको छ ।

    त्यस्तै अन्य स्थानीय निकायमा पनि कमी आएको छ । जिल्लाको आठै पालिकामा कोरोना सङ्क्रमणका दर घटेर निको हुनेहरुको सङख्यामा पनि वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख प्रसाद मोहन सुवेदीले बताएका छन् ।

    जिल्लामा हालसम्ममा ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यसैबीच कोरोना सङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यलय उदयपुरले जिल्लामा निषेधाज्ञाको समय जेठ २८ बाट बढाएर असार ७ सम्म थपेको छ । थप गरिएको निषेधाज्ञामा बिहानको ७ बजेदेखि दिनको १२ बजे सम्म पसलहरु खोल्न दिइने छ । रासस

    सम्बन्धित समाचार