Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    वीर अस्पताल र ट्रमा सेन्टरमा जनरल ओपीडी सेवा पुनः सुरु

    वीर अस्पताल र ट्रमा सेन्टरमा जनरल ओपीडी सेवा पुनः सुरु


    • बिहिवार, जेठ २७ २०७८

    • नेपाल वाइड


    वीर अस्पताल र ट्रमा सेन्टरमा जनरल ओपीडी सेवा पुनः सुरु
    फायल तस्बिर

    काठमाडौं । वीर अस्पतालमा मंगलबारदेखि जनरल ओपीडी सेवा पुनः सुरु गरिएको छ । कोभिड–१९ दोस्रो लहरको संक्रमण बढेसँगै यो सेवा बन्द गरिएको थियो ।

    वीरमा भर्ना भएका सबै कोभिड संक्रमितलाई यही साताभित्र नयाँ सर्जिकल भवनमा सारेर उपचार गरिने अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमले बताए । वीर र राष्ट्रिय ट्रमा सेन्टर दुवैको नियमित सेवा यही हप्ताभित्र सुरु गर्ने अस्पताल प्रशासनको योजना छ ।

    अहिले वीरमा १५३ र ट्रमा सेन्टरमा ४० जना कोभिड संक्रमितको उपचार भइरहेको छ । वीर अस्पतालको पुरानो भवनमा १५ वटा आईसीयू सञ्चालनमा छन् भने नयाँ भवनमा १८ वटा आईसीयू सञ्चालन गर्ने तयारी गरिएको छ ।

    सम्बन्धित समाचार