Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटेहाङमा क्वारेन्टिनमा बसिरहेका संक्रमितलाई मनोसामाजिक परामर्श

    खोटेहाङमा क्वारेन्टिनमा बसिरहेका संक्रमितलाई मनोसामाजिक परामर्श


    • बुधवार, जेठ २६ २०७८

    • नेपाल वाइड


    खोटेहाङमा क्वारेन्टिनमा बसिरहेका संक्रमितलाई मनोसामाजिक परामर्श
    खोटाङबजारमा बनाइएको क्वारेन्टिनमा बसिरहेका स्थानीयलाई मनोसामाजिक परामर्श प्रदान गर्दै मनोसामाजिक परामर्शकर्ता ।

    खोटाङ । जेठ २६, खोटाङको खोटेहाङ गाउँपालिकामा कोभिड–१९ बाट संक्रमित भएपछि क्वारेन्टिनमा बसिरहेका संक्रमितलाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

    संक्रमण पूष्टि भएपछि खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित स्वास्थ्यचौकीमा बनाइएको क्वारेन्टिनमा बसिरहेका स्थानीयलाई सुरक्षित आप्रवासन परियोजना (सामी)ले मनोसामाजिक परामर्श प्रदान गरेको हो ।

    क्वारेन्टिनमा बसिरहेका संक्रमितमा डर, त्रास, चिन्ता लगायतका मनोसामाजिक समस्या देखिएपछि गाउँपालिकाको आग्रह र आयोजनामा परामर्शकर्ता पठाएर मनोसामाजिक परामर्श प्रदान गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का खोटाङ संयोजक सन्तोष राईले बताए ।

    क्वारेन्टिनमा बसिरहेको अवस्थामा संक्रमितलाई डर, त्रास, भय र चिन्तामुक्त बनाउँदै कोभिड–१९ जित्नका लागि मनोवल बढाइदिन एक दिने मनोसामाजिक परामर्शको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आग्रहमा पुगेका मनोसामाजिक परामर्शकर्ता प्रमोद श्रेष्ठ र नागेन्द्र यादबले क्वारेन्टिनमा बसिरहेका संक्रमितलाई सामुहिक मनोसामाजिक परामर्श दिएका हुन् ।

    खोटाङबजारका वडाध्यक्ष शिबप्रसाद फुयाँलका अनुसार स्वास्थ्यचौकीको तल्लो र माथिल्लो तलामा बनाइएको क्वारेन्टिनमा संक्रमित र पालिकाबाहिरबाट आएका स्थानीयलाई राख्ने व्यवस्था मिलाइएको छ । ‘कोभिड–१९ को महामारीमा आम मानिस पीर र चिन्तामा छन् ।

    कोरोना संक्रमितमा झनै बढी पीर, चिन्ता, डर, त्रास जस्ता मनोसामाजिक समस्य पाइएको छ,’ संयोजक राईले भने, ‘यो बेला कोरोनासँग लडिरहेका संक्रमितलाई उच्च मनोबलको जरुरी हुन्छ । मनमा यस्ता नकरात्मक भावना वा सोचाइ निरन्तर भइरह्यो भने मनोवलमा नकरात्मक असर पर्न सक्छ ।

    त्यही कारण मनोसामाजिक परामर्श सेवाको व्यवस्था गरिएको हो ।’ सामीका परामर्शकर्ताले कतिपय अवस्थामा संक्रमित तथा संक्रमितका परिवारलाई फोनमार्फत र सम्भव भएसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर प्रत्यक्षरुपमा मनोसामानिक परामर्श प्रदान गर्ने गरेको जनाएको छ ।

    नेपाल सरकार र स्वीस सरकार बिचको द्विपक्षीय सम्झौता, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नितिगत अगुवाई, सम्वन्धित स्थानीय तहको नेतृत्व एवं हेल्भेटास नेपालको प्राविधिक सहयोगमा बाल सेवा समाज नेपालले जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको छ ।

    विशेषगरी वैदेसिक रोजगारलाई सुरक्षित, उपलव्धमुलक र भरपर्दो बनाउने क्षेत्रमा कार्यक्रम गर्दैआएको सामीले कोभिड–१९ को महामारीका बिचमा पनि फोनमार्फत बैदेशिक रोजगार सम्बन्धीका सूचना प्रवाह गरिरहेको जनाएको छ ।

    यस बिचमा टेलीकाउन्सिलिङमार्फत ३२ सेवाग्राहीको गुनासो, समस्या हल गरिएको संयोजक राईले बताए । महामारीकै बिचमा वैदेसिक रोजगार सम्वन्धी ४ वटा केस आएको जनाइएको छ ।

    सम्बन्धित समाचार