Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    कोरोना निको भइसकेपछि पनि स्वास्थ्यमा समस्या देखिए सतर्क रहन आग्रह

    कोरोना निको भइसकेपछि पनि स्वास्थ्यमा समस्या देखिए सतर्क रहन आग्रह


    • बुधवार, जेठ २६ २०७८

    • नेपाल वाइड


    कोरोना निको भइसकेपछि पनि स्वास्थ्यमा समस्या देखिए सतर्क रहन आग्रह
    फायल तस्बिर

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएर निको भइसकेपछि पनि स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्ने जनाएको छ ।

    कोभिड–१९ संक्रमणमुक्त भइसकेपछि पनि शरीर गल्ने वा थकान भए जस्तो महसुस हुने तर त्यसमा आत्तिएर अस्पताल गइहाल्नु नपर्ने मन्त्रालयको भनाइ छ ।

    मन्त्रालयका अनुसार सास फेर्न धेरै गाह्रो हुने, धेरै नै थकाई लाग्ने र धेरै कमजोरी महसुस हुने, निद्रा नलाग्ने, झर्को लाग्नेजस्ता डिप्रेसनका लक्षणहरु देखा पर्न सक्छ ।

    एकाएक रक्तचाप बढ़ने वा घट्ने, थोरै समय हिँड्दा पनि स्वाँ–स्वाँ हुने, कालो ढुुसीका लक्षणहरु देखिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यस्ता लक्षण देखिए नआत्तिन तर सतर्क रहन आग्रह गरेको छ । “यी पोष्ट कोभिड समस्याहरु देखा परेमा चिकित्सकसँग सल्लाह गरेर अस्पताल जानुपर्ने हुनसक्छ,” मन्त्रालयले भनेको छ ।

    सम्बन्धित समाचार