Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङका ३३० जनाले जिते कोरोना

    खोटाङका ३३० जनाले जिते कोरोना


    • शनिवार, जेठ २२ २०७८

    • नेपाल वाइड


    खोटाङका ३३० जनाले जिते कोरोना
    कोरोना जितेका संक्रमितलाई फूलको गुच्छासहित विदाई गर्दै नर्स श्रृष्टी यादव । तस्बिर सौजन्य:आनन्द लामीछाने

    खोटाङ । जेठ २२, खोटाङका ३३० जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय खोटाङका अनुसार हालसम्म १ हजार ४८ जनालाई संक्रमण हुँदा १९२ पुरुष र १०८ महिलाले संक्रमण जितेका हुन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १४५ जना, हलेसी तुवाचुङ नगरपालिकाका ३० जना, रावाबेँसी गाउँपालिकाका १७ जना, केपिलासगढी गाउँपालिकाका ६ जना, ऐसेलुखर्क गाउँपालिकाका ४१ जना, जन्तेढुंगा गाउँपालिकाका ३१ जना, खोटेहाङ गाउँपालिकाका ९ जना, साकेला गाउँपालिकाका ४५ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ९ जनाले संक्रमण जितेका हुन् ।

    ३३० जनाले संक्रमण जित्दा र ५ जनाको मृत्यु हुँदा हाल जिल्लामा सक्रिया संक्रमितको संखा ७१० जना रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २५८ जना, हलेसी तुवाचुङ नगरपालिकामा १०३ जना, रावाबेँसी गाउँपालिकामा ६२ जना, केपिलासगढी गाउँपालिकामा ३९ जना, ऐसेलुखर्क गाउँपालिकामा ५३ जना, जन्तेढुंगा गाउँपालिकामा २५ जना, खोटेहाङ गाउँपालिकामा ४१ जना, साकेला गाउँपालिकामा ३८ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ८० मा जना र बराहपोखरी गाउँपालिकामा १६ जना सक्रिया संक्रमित छन् ।

    जिल्लामा हालसम्म २ हजार ८५९ जनाको एन्टीजेन र १ हजार ४३४ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । १० स्थानीय तह रहेको जिल्लामा हालसम्म २२ स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढी गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३ जना र बराहपोखरी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।

    संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन् । हालसम्म जिल्लामा ५ संक्रमितको मृत्यु भइसकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ जना, केपिलासगढी गाउँपालिकामा १ जना र ऐसेलुखर्क गाउँपालिकामा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म २२ जना जिल्ला बाहिर रेफर भएका छन् भने ११ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ ।

    सम्बन्धित समाचार