Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    एकैदिन ८ हजार ६६३ जनाले जिते कोरोना

    एकैदिन ८ हजार ६६३ जनाले जिते कोरोना


    • शुक्रवार, जेठ २१ २०७८

    • नेपाल वाइड


    एकैदिन ८ हजार ६६३ जनाले जिते कोरोना
    फायल तस्बिर

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १४ हजार १८२ जनाको पीसीआर परीक्षणमा ४ हजार ६२४ र ६ हजार ६३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार २९ जना गरी कुल ६ हजार ६५३ जना कोरोना संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ८ हजार ६६३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । निको हुने दर ८१.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार