Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ‘प्रतिनिधिसभाको विघटन संविधान र लोकतन्त्रमाथिको कठोर प्रहार’

    ‘प्रतिनिधिसभाको विघटन संविधान र लोकतन्त्रमाथिको कठोर प्रहार’


    • बुधवार, जेठ १९ २०७८

    • नेपाल वाइड


    खोटाङ । जेठ १९, खोटाङका पाँच राजनैतिक दलले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्री नियुक्त गर्ने प्रकृयाका क्रममा बदनियत पुर्वक प्रतिनिधिसभाको विघटन गरी संविधान र लोकतन्त्रमाथि कठोर प्रहार गरिएको जनाएको छ ।

    जिल्लास्थित नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एमाले (नेपाल समुह), जनता समाजवादी र नेकपा मालेले बुधबार संयुक्त विज्ञाप्ती जारी गर्दै प्रतिनिधिसभा विघटनजस्तो प्रतिगामी कदमले निरंकुस सत्ता लम्व्याउने कथित निर्वाचनको घोषणा मार्फत देशमा संकटको सृजना गरेको धारणा सार्वजनिक गरेका हुन् ।

    कोरोना महामारीको भयवह अवस्थामा जनतालाई स्वास्थ्य संकटबाट पार लगाउनुपर्ने र सिंगो राष्ट्रलाई एकतावद्ध रुपमा अगाडि बढाउनुपर्नेमा प्रतिनिधिमुलक संस्थालाई विघटन गरी प्रधानमन्त्रीबाट अत्यान्त गैरजिम्मेवार कार्य भएको संयुक्त विज्ञाप्तीमा भनिएको छ ।

    पाँच दलले प्रतिनिधिसभालाई रातारात विघटन गर्ने सो असंवैधानिक र अलोकतान्त्रिक स्वेच्छाचारी, निरंकुश, प्रतिगामी कार्यका बिरुद्ध एकतावद्ध हुन सबै राजनैतिक पार्टीहरुलाई आव्हान गरेका छन्् ।

    नेपालको संविधा धारा ७६ को उपधारा ३ अनुसार गठित सरकारले धारा ७६ को उपधारा ४ अनुसार विश्वासको मत लिनुपर्ने वाध्यकारी प्रावधानको उल्लंघन गर्दै धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तीका लागि राष्ट्रपतिले आव्हान गरे अनुसार १४९ जना संसदको बहुमत सहित माननीय शेरबहादुर देउवाले संविधानको प्रावधान अनुसार प्रधानमन्त्रीमा दावी गर्दा गर्दै बदनियत पुर्वक जेठ ७ गते मध्यराती प्रतिनिधिसभाको विघटन गरी संविधान र लोकतन्त्रमाथि कठोर प्रहार गर्ने काम गरिएको पाँच दलको धारणा छ ।

    पाँच दलले जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता, समान अधिकार र कानुनी शासनको पक्षमा सदा सर्वदा दृढतापुर्वक उभिने प्रतिवद्धता जनाएका छन् । ‘प्रतिनिधिसभाको विघटनबाट देश र जनताले झन बढि दुःख र कष्टको सामना गर्नुुपर्ने भएको छ ।

    प्रतिनिधिसभालाई रातारात विघटन गर्ने यो असंवैधानिक र अलोकतान्त्रिक स्वेच्छाचारी, निरंकुश, प्रतिगामी कार्यका बिरुद्ध एकतावद्ध हुन सबै राजनैतिक पार्टीहरुलाई हार्दिक आव्हान गर्दछौँ,’ विज्ञाप्तीमा भनिएको छ, ‘यस कार्यको सशक्त रुपमा प्रतिवाद गर्न नागरिक समाज, सञ्चारकर्मी लगायत सबै दाजुभाई दिदीबहिनीहरुमा अनुरोध गर्दछौँ ।

    हामी जनताको लामो संघर्ष, बलिदानबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता र समान अधिकार र कानुनी शासनको पक्षमा सदा सर्वदा दृढतापुर्वक उभिने प्रतिवद्धता व्यक्त गर्दछौँ ।’

    पाँच दलले आफु सम्वद्ध जिल्लाभरीका सबै कमिटिमा रहेका कार्यकर्ता र समर्थकलाई प्रतिगमन विरुद्ध संयुक्त रुपमा क्रियासिल हुन अपिल गरेका छन् ।

    संयुक्त विज्ञाप्तीमा नेकपा मालेका पोलिटव्यूरो सदस्य केपी फुयाँल, नेकपा एमालेका अध्यक्ष बबी चाम्लिङ, नेपाली कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष पृथ्बी किराती र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंकबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

    सम्बन्धित समाचार