Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    ऐसेलुखर्क गाउँपालिकालाई जि–फाउण्डेसन र चिकित्सा प्रतिष्ठानको स्वास्थ्य सामग्री

    ऐसेलुखर्क गाउँपालिकालाई जि–फाउण्डेसन र चिकित्सा प्रतिष्ठानको स्वास्थ्य सामग्री


    • बिहिवार, जेठ १३ २०७८

    • नेपाल वाइड


    ऐसेलुखर्क गाउँपालिकालाई जि–फाउण्डेसन र चिकित्सा प्रतिष्ठानको स्वास्थ्य सामग्री
    जि–फाउण्डेसन र अमेरीका नेपाल चिकित्सा प्रतिष्ठानले प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्दै ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेल ।

    खोटाङ । जेठ १३, कोभिड–१९ को महामारीका विरुद्धको अभियानमा जि–फाउण्डेसन र अमेरीका नेपाल चिकित्सा प्रतिष्ठान नेपालले खोटाङको ऐसेलुखर्क गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

    जि–फाउण्डेसन र अमेरीका नेपाल चिकित्सा प्रतिष्ठानले गाउँपालिकालाई कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका क्रममा उपयोग हुने मास्क, फेस शिल्ड, पिपिई, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

    जि–फाउण्डेसन र अमेरीका नेपाल चिकित्सा प्रतिष्ठानले हाल काठ्माण्डौं पुगेकी ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

    जि–फाउण्डेसनले गाउँपालिकालाई ५० प्याकेट सर्जिकल मास्क, सय पिस फेस शिल्ड, ३० प्याकेट इग्जामिनेसन ग्लोव्स, २० सेट रियूज पिपिई सेट, ५ लिटर सेनीटाइजर, ५ पिस पल्स अक्सिमिटर, २ पिस अक्सिजन कन्सन्ट्रेटर, २ सय पिस एन्टीजेन किट, ५ सेट निबुलाइजर मेसिन र ११ पिस निपल फर अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।

    यस्तै, अमेरीका नेपाल चिकित्सा प्रतिष्ठान नेपालले एक थान अक्सिजन कन्सन्ट्रेटर र एन ९५ मास्क उपलव्ध गराएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका लागि थप स्वास्थ्य सामग्री जुटाउनका लागि जनसंख्या तथा स्वास्थ्य मन्त्रालय समक्ष पनि आग्रह गर्ने तयारी गरिएको उपाध्यक्ष भुजेलले बताईन् ।

     

     

    सम्बन्धित समाचार