Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    गाउँमा युवाको कोभिड–१९ बिरुद्ध स्वास्थ्य अभियान

    गाउँमा युवाको कोभिड–१९ बिरुद्ध स्वास्थ्य अभियान


    • मंगलवार, जेठ ११ २०७८

    • नेपाल वाइड


    गाउँमा युवाको कोभिड–१९ बिरुद्ध स्वास्थ्य अभियान
    बिजयखर्कका स्थानीयलाई स्वास्थ्य सामग्री वितरण गर्दै युवा । तस्बिर सौजन्य : 

    खोटाङ । जेठ ११, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका युवाले गाउँमा कोभिड–१९ बिरुद्ध स्वास्थ्य अभियान चलाएका छन् ।

    बिजयखर्कका युवाको समुहले ‘बिजयखर्क कोरोना रोकथाम अभियान समिति’ नामक फेसबुक ग्रुपमार्फत रकम संकलन गरेर कोभिड–१९ बाट जोगिनका लागि उपयोग गरिने स्वास्थ्य सामग्री खरिद गरेर प्रत्येक घरका स्थानीयलाई वितरण गरेका छन् ।

    विजयखर्कका गाउँमै बसिरहेका युवा, विभिन्न ठाउँमा काम गरिरहेका कर्मचारी र विभिन्न देशमा बसिरहेका ३० जनाभन्दा बढि युवाबाट संकलन भएको रकमबाट प्रत्येक घरमा मास्क, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको अभियानमा संलग्नमध्येका युवा किसन भुजेलले बताए ।

    बिजयखर्कमा ३१ जना संक्रमित भेटिएपछि स्वास्थ्य सुरक्षाका सामाग्री जुटाएर वितरण अभियान सञ्चालन गरिएको जनाइएको छ । युवाको समुहले संक्रमित र अन्य स्थानीको घरमा ५० पिस मास्क, दुई सय एमएलको सेनीटाइजर वितरण गरेका छन् ।

    यस्तै, एउटा टोलका स्थानीयले उपयोग गर्नेगरी शरीरमा अक्सिजनको मात्रा मापन गर्ने एक/एक थान अक्सिमिटर र ज्वरो मापन गर्ने दुई/दुई थान थर्मोमिटर वितरण गरिएको छ । संक्रमितलाई भने भिटामिन (सि) र (डि)को क्याप्सुल पनि वितरण गरिएको भुजेलले बताए । यस्तै, संक्रमितको घरमा जिवाणु नाशक विषादि स्प्रे गरिएको छ ।

    अन्य इच्छुक स्थानीयको घरमा पनि किटाणु नाशक विषादि छर्किइएको बताइएको छ । पहिलो चरणमा करिब ३ लाखको हाराहारीमा स्वास्थ्य सामग्री खरिद गरेर ल्याएको युवा समुहले पुःन दोश्रो चरणमा स्वास्थ्य सामग्री वितरणको तयारी गरिरहेको जनाएको छ ।

    ‘जव गाउँमा संक्रमितको संख्या अधिक देखियो, त्यसपछि मन मिल्ने साथीबीचमा फेसबुक ग्रुपमार्फत केही गरौं भनेर सल्लाह गर्‍यौँ,’ भुजेलले भने, ‘एउटा जुम मिटिङ बसेर आफु–आफुबीचमै पैसा उठाउने निर्णय गरेर रकम जुटायौं । संकलन भएको रकम काठ्माण्डौं पठाएर स्वास्थ्य सुरक्षाका सामग्री वितरण सुर गरेका हौँ ।’

    स्वयंसेवकलाई एम ९५ मास्क, ग्लोब्स, चश्मा र पिपिइ उपलव्ध गराएर घर–घरमा पुगेर स्वास्थ्य सामग्री वितरणमा खटाइएको भुजेलले जनाए । अझै ५० लिटर जिवाणु नाशक विषादि प्रयोगका लागि तयारी अवस्थामा राखिएको जनाइएको छ ।

    सम्बन्धित समाचार