Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउन साँढे तीन लाखमा हेलीकोप्टर चार्टर

    कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउन साँढे तीन लाखमा हेलीकोप्टर चार्टर


    • सोमवार, जेठ १० २०७८

    • नेपाल वाइड


    कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउन साँढे तीन लाखमा हेलीकोप्टर चार्टर
    दिक्तेलका संक्रमितलाई हेलीकोप्टरमार्फत काठ्माण्डौं पठाउने तयारी गरिँदै । तस्बिर सौजन्य : हरिबोल आचार्य

    खोटाङ । जेठ १०, खोटाङका एक संक्रमितलाई थप उपचारका लागि हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं पठाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ६४ वर्षका पुरुषलाई साँढे तीन लाखमा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं पठाइएको हो ।

    कोभिड–१९ को संक्रमण पूष्टि भएको केही हप्तापछि शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि उनलाई सोमबार महंगो शुल्क तिरेर हेलीकोप्टर चार्टर गरेर थप उपचारका लागि काठ्माण्डौं पठाइएको हो ।

    जिल्ला अस्पतालमा उपचार गर्दा पनि ठीक नभएपछि संक्रमितलाई हेलीकोप्टर चार्टर गरेर पठाइएको आफन्तले बताएका छन् । उनलाई १०/१२ दिनअघि कोभिड–१९ को संक्रमण पूष्टि भएको थियो । हाल जिल्लामा कोभिड–१९ बाट संक्रमित स्वास्थ्यमा जटिल समस्या निम्तिएको अवस्थामा महंगो शुल्क तिरेर हेलीकोप्टर चार्टर गर्न बाध्य छन् ।

    गत जेठ ५ गते ऐसेलुखर्कका गाउँपालिका–३ ऐसेलुखर्कका एकै परिवारका तीन संक्रमितलाई तीन लाख २० हजारमा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको थियो । हालसम्म जिल्लामा संक्रमितको संख्या साँढे चार सयको हाराहारीमा पुगिसकेको छ ।

     

    सम्बन्धित समाचार