Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    अग्रपंक्तीमा खटिएका स्वास्थ्यका कर्मचारी र गाउँ प्रहरीको बीमा गर्दै दिप्रुङ गाउँपालिका

    अग्रपंक्तीमा खटिएका स्वास्थ्यका कर्मचारी र गाउँ प्रहरीको बीमा गर्दै दिप्रुङ गाउँपालिका

    दिप्रुङ चुईचुम्मा गाउँपालिकामा संक्रमण परीक्षणका लागि समय तालिका

    • शनिवार, जेठ ८ २०७८

    • नेपाल वाइड


    अग्रपंक्तीमा खटिएका स्वास्थ्यका कर्मचारी र गाउँ प्रहरीको बीमा गर्दै दिप्रुङ गाउँपालिका
    दिप्रुङ चुईचुम्मा गाउँपालिका

    खोटाङ । जेठ ८, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कोभिड–१९ को महामारीका बेला नागरिकको स्वास्थ्य सुरक्षाका लागि अग्रपंक्तीमा खटिएका स्वास्थ्यका कर्मचारी र पालिका प्रहरीको बीमा गरिदिने निर्णय गरेको छ ।

    कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलको शुक्रबार बसेको बैठकले गाउँपालिकामा कोभिड–१९ को महामारी विरुद्ध आफ्नो ज्यान जोखिममा राखेर दिनरात खटिएका स्वास्थ्यकर्मी र गाउँपालिका प्रहरीको एक/एक लाखको जीवन बिमा गरिदिने निर्णय गरेको हो ।

    कोभिड–१९ को महामारीकाक्रममा अग्रपंक्तीमा खटिरहेका स्वास्थ्यकर्मी र गाउँप्रहरीको बीमाका लागि वडासदस्य अमृत गिरीलाई संयोजनको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । कार्यदलको निर्णय अनुसार केही दिनभित्रै स्वास्थ्यकर्मी र गाउँ प्रहरीको बिमाको काम सुरु हुने गाउँपालिकाले जनाएको छ ।

    ज्यान जोखिममा राखेर नागरिकको स्वास्थ्य सुरक्षामा खटिएका स्वास्थ्यकर्मी र गाउँप्रहरीको प्रोत्साहन र सम्मानमा गाउँपालिकाकातर्फबाट बिमा गरिदिन लागिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    बैठकले खाद्यान्न, निर्माण सामग्री र औषधि बोक्ने सवारी साधनका लागि पनि सवारी पास अनिवार्य गर्ने, विना सिफारिस र पासका सवारी साधन आवतजावतमा पूर्णरुपमा रोक लगाउने, होमआइसोलेसनमा बसेको अवस्थामा स्वास्थ्यमा जटिल समस्या देखिए कोभिड अस्पताल याम्खा जान परे सम्पर्क गर्नुपर्ने सम्पर्क व्यक्ति तोकेको छ ।

    संक्रमण परीक्षणका लागि समय तालिका

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष एबं कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलका संयोजक भूपेन्द्र राईको संयोजकत्वमा बसेको बैठकले एन्टीजेन परीक्षण तालिका बनाएको छ ।

    वडा–वडामा पुगेर एन्टीजेन परिक्षणको व्यवस्था गर्ने र परीक्षणको दायरा फराकिलो पार्ने लक्ष्यका साथ गाउँपालिकाले जेठ ९ गतेदेखि जेठ १२ गतेसम्म एन्टीजेन परीक्षणका लागि समय तालिका बनाएको हो ।

    बैठकले जेठ ९ गतेका दिन दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका लागि जयसरस्वती प्राविमा र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका लागि अस्थायी कोभिड अस्पतालमा याम्खामा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीमा जेठ १० गते, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बु र दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका लागि जेठ ११ गते तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा जेठ १२ गते एन्टीजेन परीक्षण तालिका तय गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    सम्बन्धित समाचार