Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    संक्रमितको मृत्यु भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सिल

    संक्रमितको मृत्यु भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सिल

    अर्को निर्णय नभएसम्मका लागि शुक्रबारदेखि नगरपालिकाभित्र प्रवेश गर्न वा बाहिरिन रोक

    • शुक्रवार, जेठ ७ २०७८

    • नेपाल वाइड


    संक्रमितको मृत्यु भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सिल
    दिक्तेल बजार:तस्बिर सौजन्य

    खोटाङ । जेठ ७, कोभिड–१९ बाट संक्रमितको मृत्यु भएसँगै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई सिल गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ५४ वर्षीय राजभण्डारी थरका पुरुषको बिहिबार राती मृत्यु भएपछि नगरपालिका सिल गरिएको हो ।

    अर्को निर्णय नभएसम्मका लागि शुक्रबारदेखि नगरपालिकाभित्र प्रवेश गर्न वा बाहिरिन रोक लगाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।

    १५ वडा रहेको नगरपालिकामा एक वडाबाट अर्को वडाबाट आउजाउ गर्न समेत रोक लगाइएको छ । कोभिड–१९ को महामारी बढिरहँदा पनि आवतजावत नरोकिएकाले ‘कफ्र्यू’भन्दा कडा गर्ने तयारी भइरहेको मेयर रिजालले बताए ।

    महामारी फैलिरहेको अवस्थामा दिक्तेलबजारकै कतिपय चोक तथा पशलमा भिडभाड लाग्ने गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । कोभिड–१९ को संक्रमण फैलिन थालेपछि यसअघि नै जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकाको सिमा नाका सिल गरिसकिएको छ ।

    श्वासप्रश्वासमा समस्या भएपछि राजभण्डारीलाई बिहिबार राती अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएर एन्टीजेन परीक्षण गर्दा उनलाई कोभिड–१९ को संक्रमण पूष्टि भएको थियो ।

    बेलामा उपचारमा नलैजाँदा उनलाई बचाउन नसकिएको स्वास्थ्यकर्मीको भनाई उद्धृद गर्दै मेयर रिजालले बताए । उनी हप्ता दिनदेखि बिरामी रहेको बताइएको छ ।

    यससँगै जिल्लामा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि ऐसेलुखर्क गाउँपालिकाका एक वृद्धको मृत्यु भएको थियो ।

    सम्बन्धित समाचार