Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    प्रदेश १ मा कोभिड विरुद्धको खोप ल्याउनका लागि पहल भईरहेको छ : मन्त्री राई

    प्रदेश १ मा कोभिड विरुद्धको खोप ल्याउनका लागि पहल भईरहेको छ : मन्त्री राई


    • बिहिवार, जेठ ६ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा कोभिड विरुद्धको खोप ल्याउनका लागि पहल भईरहेको छ : मन्त्री राई
    शिक्षक संगठनका पदाधिकारीसँग छलफल गर्दै सामाजिक विकास मन्त्री उषाकला राई

    विराटनगर । जेठ ६, प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ विरुद्धको खोप ल्याउनका लागि पहल भईरहेको बताउनु भएको छ ।

    प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिसँग आज भएको छलफलका क्रममा मन्त्री राईले सो कुरा बताउनु भएको हो । मन्त्री राईले प्रदेश १ मा चाँडो भन्दा चाँडो खोप ल्याउने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

    कोरोना संक्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिक गतिविधिहरु सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । छलफलका क्रममा निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले प्रदेश सरकारले शिक्षकहरुका लागि खोपको व्यवस्था गर्न माग गर्नुभयो ।

    उहाँले वैकल्पिक विधिबाट शिक्षालाई अगाडी बढाईने बताउनुभयो । उहाँले भन्नुभयो,‘ सँधै विद्यालय बन्द गरेर राख्ने अवस्था हुँदैन ।’ हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल र मोरङ अध्यक्ष राजेश कार्कीले प्रदेश सरकारले स्वास्थ्यमा केन्द्रित गरेर कार्यक्रम अघि बढाउन आवस्यक रहेकोमा जोड दिनुभयो ।

    उहाँहरुले खोपलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य तथा सत्यनारायण माविका प्रधानाध्यापक धर्मानन्द खरेलले प्रदेश सरकारले गत आर्थिक वर्षमा सञ्चालन गरेका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेकाले उहाँले भौतिक पूर्वाधारमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

    सम्बन्धित समाचार